फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा प्रयोग भैरहेको टीएसआर्ई अर्थात टर्बो स्ट्राटिफाइड इन्जेक्सन (Turbo Stratified Injection) इन्जिन पछिल्लो समय चर्चामा छ । नेपाली बजारमा सार्वजनिक हुने अन्तिम तयारीमा रहेको स्कोडा कुशाकलाई आधिकारिक बितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यही इन्जिनसँग जोडेर प्रचारप्रसार गरिरहेको छ । त्यसैगरी फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुनमा समेत यही इन्जिन जडान गरिएका कारण नेपालस्थित बिक्रेता कम्पनी पूजा इन्टरनेसनल नेपालले समेत यही इन्जिनलाई जोडेर गाडीका बारेमा थप जानकारी प्रदान गरिरहेको छ ।

त्यसो त स्कोडा र फक्सवागनमा यो इन्जिन जडान भएको पहिलोपटक भने होइन । युरोपियन बजारबाट नेपाल भित्रिएका यस अघिका थुप्रै मोडलमा यो इन्जिन प्रयोग भैसकेको छ । यद्यपि भारतीय प्लान्टमा निर्मित यी दुई ब्रान्डमा कम्पनीले पहिलोपटक यस्तो इन्जिन प्रयोग गर्न थालेको हो । जसको सुरुवात स्कोडामा कुशाक र फक्सवागनमा टाइगुनमार्फत गरिएको छ । फक्सवागनले विस्तारै पोलो लगायत गाडीमा समेत यसको प्रयोग गर्ने तयारी अघि बढाएको छ ।

युरोपमा निर्मित अधिकांश सवारीसाधनमा यो इन्जिन धेरै पहिलेदेखि नै प्रयोग हुँदै आएपनि भारतीय बजारमा भर्खरै सुरुवात भएका कारण नेपालमा यसको चर्चा बढ्न थालेको हो । त्यसो त भारतमा उत्पादन हुने अन्य ब्रान्डमा धेरै पहिलेदेखि नै टर्बोचार्ज्ड इन्जिन जडान हुँदै आइरहेको छ । टीएसआर्ई पनि टर्बोचार्ज्डकै विकसित डिजाइन भए पनि यसको प्रयोग विशेषगरी फक्सवागन र स्कोडा लगायत यससँग एलायन्स गरी सवारीसाधन उत्पादन गर्ने विभिन्न ब्रान्डमा प्रयोग हुँदै आइरहेको छ ।

फक्सवागन गाडीको नेपालस्थित आधिकारिक बितरक पूजा इन्टरनेसनल नेपालका प्रोडक्ट सपोर्ट म्यानेजर विकास गुरुङका अनुसार प्रदूषण कम गर्न लागू गरिएको युरो ६ जस्ता मापदण्डका कारण सवारी साधन उत्पादक कम्पनीहरुले कम प्रदूषण गर्ने साना इन्जिनको विकास गर्दै जानेक्रममा यस प्रकारको इन्जिन विकसित भएको हो । परम्परागत सवारीसाधनमा प्रयोग हुने ठूलो आकारको इन्जिनलाई जतिसक्दो सानो अर्थात कम्प्याक्ट गर्दै जादा टर्बो इन्जिन अघि आएको उनको भनाइ छ ।

आकारमा सानो भैकन पनि यस्ता इन्जिनले दिने पावर र टर्क तथा पर्फमेन्स भने उच्चतम हुने उनी बताउँछन् । उनी भन्छन, ‘इन्जिनलाई सानो बनाउँदै जाने क्रममा यसको पावर तथा पर्फमेन्समा कमी आउन नदिनका लागि विकास गरिएको नयाँ र अत्याधुनिक प्रविधिमा आधारित इन्जिन हो टीएसआर्ई । यस्ता इन्जिनको सीसी क्षमता कम भएपनि पावर तथा पर्फमेन्स भने उच्च रहन्छ । १ हजार ६ सय सीसी क्षमताका अन्य गाडीले दिने पावर तथा पर्फमेन्स टीएसआर्ई इन्जिन जडान गरिएका १ हजार सीसी क्षमताका गाडीले सहजै उपलब्ध गराउँछ ।’

पछिल्लो समय टीएसआर्ई भन्दा पनि थप पावरफुल विशेषताको जीटी अर्थात ग्रान्ड टुर टीएसआर्ई इन्जिन जडान भएका कारहरु बजारमा आइरहेका छन् । फक्सवागनका पोलो, पासाट र गल्फ लगायत मोडलमा यस प्रकारका इन्जिन जडान भई नेपाल भित्रिएको गुरुङले बताए ।
नर्मल इन्जिन जडान भएको १ हजार सीसी क्षमताको गाडीले ५६ किलोवाट पावर दिने तर सोही क्षमताको टीएसआर्ई इन्जिनले ७७ किलोवाट र जीटी टीएसआर्ई इन्जिन जडान भएको गाडीले ८१ किलोवाटसम्म पावर जेनेरेट गर्ने उनी बताउँछन् ।

सम्बन्धित समाचारहरू

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

फक्सवागन इन्डियाले सेफ्टीका लागि टाइगुन र भर्टसका सबै भेरिएन्टमा...

स्कोडाले ल्यायो इन्फोटेन्मेन्टबाटै इन्धनको विल भुक्तानी गर्न मिल्ने नयाँ फिचर

स्कोडाले ल्यायो इन्फोटेन्मेन्टबाटै इन्धनको विल भुक्तानी गर्न मिल्ने नयाँ फिचर

स्कोडाले कारमा जडित इन्फोटेन्मेन्टबाटै इन्धनको बिल भुक्तानी गर्न मिल्ने...

फोटोन मोटर्सको विश्व स्तरीय एम्बुलेन्स अब नेपालमा, यस्तो छ विशेषता

फोटोन मोटर्सको विश्व स्तरीय एम्बुलेन्स अब नेपालमा, यस्तो छ विशेषता

काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...