अन्य देशमा बनेका सवारी साधनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘अमेरिकामा नबनेका सबै गाडीहरूमा’ २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् ।

ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, ‘संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएका छौँ।’ यो शुल्क अमेरिकी समयअनुसार अप्रिल ३ राति १२ः०१ बजेपछि लागू हुनेछ। यसले विदेशमा निर्मित कार र हल्का ट्रकहरूलाई असर गर्नेछ। अटोमोबाइलका मुख्य पार्टपुर्जाहरू पनि एक महिनाभित्रै प्रभावित हुनेछन्।

ट्रम्पले क्यानडा र युरोपेली संघले संयुक्त राज्य अमेरिकालाई ‘आर्थिक क्षति’ पुर्‍याउन मिलेर काम गरेमा ‘हालको योजनाभन्दा धेरै ठुलो मात्रामा कर लगाउने चेतावनीसमेत दिएका छन्।

गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर लगाउनुका साथै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन्।

ट्रम्पको घोषणाअघि नै जनरल मोटर्स र स्टेलेन्टिसको सेयर तीन प्रतिशतभन्दा बढीले घटेको थियो। जापानमा कार निर्माता कम्पनी निसानले २.५ प्रतिशत, होन्डाले ३.१ प्रतिशत र मित्सुबिसी मोटर्सले ४.५ प्रतिशतले गुमाएका छन् भने माज्दा र सुबारुले करिब ६ प्रतिशतले सेयर मूल्य गुमाएका छन्। दक्षिण कोरियाको हुन्डाई कम्पनी सियोलमा २.७ प्रतिशतले पछि परेको छ।

ट्रम्पले मार्च ५ मा ती गाडी उत्पादकहरूलाई जसलाई ‘बिग थ्री’ भनिन्छ (जीएम, फोर्ड र स्टेलान्टिस)लाई युएसएमसीए व्यापार सम्झौताअनुसार मेक्सिको र क्यानडामा उत्पादित गाडीहरूका लागि एक महिनाको छुट दिएका थिए ।

ट्रम्पले यसअघि नै अप्रिल २ को मितिभन्दा अगाडि नयाँ अटो ट्यारिफहरू आउन सक्ने सङ्केत गरेका थिए । एक अटोमोबाइल कार्यकारीले यी अटो ट्यारिफहरूले गाडी उद्योगलाई आर्थिक मन्दीतर्फ धकेल्ने बताए ।

सम्बन्धित समाचारहरू

टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतीय बजारमा...

विश्वमै सबैभन्दा बढी बिक्री हुने वुलिङ एयर ईभीको खुल्यो बुकिङ, यस्तो हुनेछ मूल्य

विश्वमै सबैभन्दा बढी बिक्री हुने वुलिङ एयर ईभीको खुल्यो बुकिङ, यस्तो हुनेछ मूल्य

काठमाडौं – विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभी...

१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ

१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ

काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...