हेल्मेटले कपाल झर्छ ? सुरक्षासँगै कपाल गुम्ने डर कत्तिको सत्य ?
मोटरसाइकल वा स्कुटर चलाउँदा हेल्मेट लगाउनु अनिवार्य र जीवनरक्षक मानिन्छ।...
काठमाडौं - अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको खुलेको छ । काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।
अमेरिकी डलर र युरोसहित ना.७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक ‘फुच्चे’ भनिने लामालाई पक्राउ गरिएको थियो ।
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४३ बर्षका उनलाई हिजोराती ११ बजे काठमाडौंको टोखा नगरपालिका ०२ झोरबाट अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिँदैछ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको थियो ।
मालबाहक ट्रकमा शंका लागि रोकी थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनोट’ अर्थात ड्राइभर बस्ने कोठा (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको विदेशी मुद्राहरु फेला परेको हो ।
कुसाङ लामा चालक भई भरियाको रुपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको प्रहरीले जनाएको छ । उनीबाट करिब २५ करोड रुपैंयाँ बरामद गरिएको जनाइएको छ ।
बरामद भएको रकम अमेरीकी डलर १०० दरका नोटहरु जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाईस) र ५० दरका नोटहरु जम्मा थान १७९ (एक सय उनान्असी) रहेको छ भने युरो ५०० दरका थान ११, २०० दरका थान ४८०, १०० दरका थान ४१४८ र ५० दरका थान १७१७७ रहेको छ ।
यसको साथै, नारायणी प्रदेश–७ ख १६५२ को मालबाहक ट्रक गाडी एउटा र मोवाइल दुईवटा पनि जफत् गरिएको छ ।
निजले अवैध तरिकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोवार गरेको हुँदा निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा हदैसम्मको कारवाही तथा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइने प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
कुसाङ अनुसन्धानको क्रममा पहिले पनि मिति २०७३ साल पुस १३ गते राजस्व छली सुन चोरी पैठारी मुद्दामा सात केजी सुन सहित पक्राउ परि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरबाट मुद्दा चलाइएको खुल्न आएको छ ।
मोटरसाइकल वा स्कुटर चलाउँदा हेल्मेट लगाउनु अनिवार्य र जीवनरक्षक मानिन्छ।...
काठमाडौं–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले...
नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसन (एनएमआरएफ) ले विश्व वातावरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...