बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ट्रायम्फ भारतमा स्क्र्याम्बलर ४०० एक्सको नयाँ भर्सन लन्च गर्ने तयारीमा छ । परीक्षणमा पहिले नै देखिएको यो बाइकलाई स्क्र्याम्बलर ४०० एक्ससी भनिनेछ ।
स्क्र्याम्बलर ४०० एक्स भन्दा ३० हजार भारुसम्म महंगो पर्ने अनुमान गरिएको यस मोटरसाइकलमा केही महत्वपूर्ण फिचरहरु अपग्रेड हुनेछ । बाइकमा ट्युबलेस टायरहरू सहितको क्रस–स्पोक ह्विल, मेटल ब्याश प्लेट, बडी–कलर हाई फेन्डर र फ्लाई स्क्रिन लगायत फिचर अपग्रेड गरिनेछ ।
सो नयाँ भर्सनमा ट्रायम्फले स्क्र्याम्बलर ४०० एक्समा जस्तै ३९८ सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गर्ने भएको छ । उक्त इन्जिनले ३९.५ बीएचपी र ३७.५ एनएम टर्क जेनेरेट गर्दछ भने यसलाई ६–स्पीड गियरबक्ससंग जोडिएको छ ।
त्यस्तै, सस्पेन्सन सेटअप स्क्र्याम्बलर ४०० एक्सबाट लिइने जनाइएको छ । यसको अगाडि ४३ मिमी यूएसडी फोर्क र पछाडि एड्जस्टेवल मोनो–शक हुनेछ । ब्रेकिङलाई ४–पिस्टन क्यालिपरको साथ अगाडि ३२० मिमी डिस्क र पछाडि २३० मिमी डिस्कले ह्यान्डल गर्नेछ जुन सिंगल–पिस्टन क्यालिपरसँग जोडिएको छ ।
स्क्र्याम्बलर ४०० एक्ससीले भारतीय बजारमा रोयल इनफिल्ड हिमालयन ४५० र केटीएम ३९० एडभेन्चर एक्ससँग प्रतिस्पर्धा गर्नेछ । साथै, यो नयाँ मोटरसाइकल निकट भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...