३५० सीसी रेन्जका मोटरसाइकल लन्च गर्ने ट्रायम्फको तयारी

ट्रायम्फले आफ्नो नयाँ ३५० सीसी रेन्जको मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ । बजाज अटोका एमडी तथा सीईओ राजीव बजाजका अनुसार यसै वर्षको अप्रिल महिनामा नयाँ मोटरसाइकल लन्च हुनेछ ।

ट्रायम्फले स्पीड ४००, स्पीड टी४, स्क्र्याम्बलर ४०० र थ्रक्सटन ४०० मा नयाँ ३५० सीसी इन्जिन दिने योजना बनाएको छ । यी बाइकमा कम बोर र स्ट्रोकको साथ ३९९ सीसी सिंगल–सिलिन्डर इन्जिन जडान हुने अपेक्षा गरिएको छ ।

जीएसटी २.० भएपछि ट्रायम्फले संशोधित कर संरचनाको फाइदा लिन सानो क्षमताको इन्जिन विकास गरिरहेको छ । ३५० सीसी भन्दा माथिका मोटरसाइकलहरू अल्ट्रा–लक्जरी वर्गमा पर्ने र ४० प्रतिशत जीएसटी लाग्ने नयाँ व्यवस्था लागुपछि ट्रायम्फ लगायत उच्च सीसी क्षमताका मोटरसाइकल उत्पादन गर्ने कमपनीले इन्जिन क्षमता कम गर्न थालेका हुन् । नयाँ व्यवस्था अनुसार ३५० सीसी मुनिका मोटरसाइकलमा १८ प्रतिशत कर लाग्दछ ।

३५० सीसी मोडल लन्च भएपछि ट्रायम्फले भारतीय बजारका लागि हाल बिक्री गर्दै आएको ४०० सीसी रेन्ज बन्द गर्न सक्ने अनुमान गरिएको छ । यद्यपि, निर्यात बजारका लागि भने ४०० सीसी मोडेलहरु उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

काठमाडौं देखि ककनीसम्म अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

काठमाडौं देखि ककनीसम्म अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

काठमाडौं – अल्ट्राभोइटलेको नेपालका लागि आधिकारिक वितरक केडिया समूहले...

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

काठमाडौँ – राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने...

आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ – श्रेष्ठ

आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ – श्रेष्ठ

किरण श्रेष्ठ हाल सांग्रिला मोटर्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...