ट्रायम्फले ल्यायो स्पिड ४०० को सस्तो भेरिएन्ट, यस्तो छ मूल्य र विशेषता

ट्राइम्फले स्पिड ४०० को सस्तो भेरियन्ट ‘स्पिड टी४’ लन्च गरेको छ । जसको मूल्य २ लाख १७ हजार भारु तोकिएको छ । जुन यसको २०२५ मोडलको तुलनामा २३ हजार भारु सस्तो हो ।

कम्पनीले यसको ४०० सिसि सिंगल–सिलिन्डर इन्जिनमा केही परिवर्तन गरेको छ । जसअनुसार नयाँ भेरिएन्टले ३ हजार ५०० देखी ५ हजार ५०० आरपिएमको बीचमा न्यून देखि मिड स्पीडमा सुधारिएको राइडेबिलिटी दावी गरेको छ । रेगुलर भेरिएन्टको तुलनामा ३० प्रतिशतले इन्जिनको इनर्सिया बढाएर बाइकलाई १०० किमी/घन्टाको गतिमा सहजै यात्रा गर्न अनुमति दिँदै यो प्राप्त भएको हो ।

स्पीड टी४ मा म्यानुअल थ्रोटल बडी कन्ट्रोल, स्लिपर क्लच, ४३ एमएम टेलिस्कोपिक फोर्क, डुअल च्यानल एबीएस र यूएसवी पोर्ट राखिएको छ । यो पर्ल मेटालिक ह्वाइट, ककटेल वाइन रेड र फ्यान्टम ब्ल्याक गरी तीन रंगमा उपलब्ध छ ।

साथै, ट्राइम्फले यसको २०२५ मोडलमा पनि केही परिवर्तन गरेको छ । बाइकमा अब हाई–प्रोफाइल टायर, सुधारिएको सिट र समायोजन योग्य लिभर दिइएको छ । यसमा राइड–बाई–वायर थ्रोटल, स्वीच गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल, टर्क असिस्ट क्लच र डुअल च्यानल एबीएस जस्ता सुविधाहरू पाउन सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...