बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ट्रायम्फले अर्को नयाँ मोडल स्क्र्याम्ब्लर ४०० एक्स लन्च गरेको छ । सो नयाँ मोटरसाइकलको मूल्य २ लाख ६६ हजार ९०० भारु निर्धारण गरिएको छ । बेलायती टु ह्विलर ब्रान्ड ट्रायम्फले बजाजसंगको सहकार्यमा यसअघि स्पीड ४०० लन्च गरेको थियो । नयाँ मोडल यसअघिको स्पिड ४०० भन्दा ३० हजार भारु महंगो रहेको छ ।
सो नयाँ मोटरसाइकलमा कम्पनीले स्पिड ४०० कै इन्जिनलाई निरन्तरता दिएको छ । जसअुनसार यसमा जडान गरिएको लिक्वड कुल्ड ३९८ सिसी सिंगल सिलिन्डर इन्जिनले ४० एचपी पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्दछ । ६ स्पिड गियर वक्स दिइएको ४०० एक्सको तौल स्पिड भन्दा ९ किलो बढी छ भने सस्पेन्सन यूनिट १९ ईन्च अग्लो छ ।
सस्पेन्सन युनिट अग्लो भएको कारण यसको सिट हाइट समेत बढेर ८३५ एमएम पुगेको छ भने ग्राउन्ड क्लिरियन्स १९५ एमएम पुगेको छ । अफरोडका लागी युपयुक्त हुनेगरी यसमा सम्प गार्ड र हेडलाइट ग्रिल समेत दिइएको छ ।
सो नयाँ बाइकमा स्पिड ४०० को भन्दा ठूलो साइजको टायर र अगाडी ३२० एमएमको डिस्क ब्रेक जडान गरिएको छ । अन्य फिचरहरु स्पिड ४०० सरह नै रहेको ४०० एक्सको सिधा प्रतिस्पर्धा येज्दि स्क्र्याम्वलरसंग हुने देखिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...