ट्रायम्फको नयाँ शोरूम अब इटहरीमा पनि

काठमाडौं–विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले इटहरीमा नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ । आइतबार आयोजित एक कार्यक्रममाझ नयाँ शोरूम उद्घाटनसंगै सो क्षेत्रका लागि आधिकारिक डिलरका रूपमा अटो सिटीलाई नियुक्त गरिएको हो ।

नयाँ शोरुम सञ्चालनमा आएसंगै नेपालमा ट्रायम्फको उपस्थिति थप विस्तार हुने कम्पनीले अपेक्षा राखेको छ । कम्पनीका अनुसार, प्रदेश १ तथा पूर्वी क्षेत्रका मोटरसाइकल प्रेमीहरूलाई अन्तर्राष्ट्रिय स्तरका मोटरसाइकल र सेवाहरू उपलब्ध गराउन सहज हुनेछ ।

अटो सिटीका सञ्चालक जयन्त संथालियाले भने, ‘इटहरी र पूर्वी नेपालका राइडरहरूका लागि ट्रायम्फ शोरूम स्थापना हुनु ठूलो उपलब्धि रहेको बताउँदै अटो सिटीका सञ्चालक जन्यत संथालियाले भने, ‘हामी उत्कृष्ट बिक्री, सेवा र ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं ।’

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ मोटरसाइकल केवल सवारी साधनमात्र नभएर, यो एक भरपर्दो ब्राण्ड र विश्वासको प्रतीक रहेको बताए । ‘इटहरीको मोटरसाइकलप्रेमी समदाय सँगको हाम्रो सम्बन्ध अझ मजबतु बनाउन पाउँदा हामी उत्साहित छौं’ उनले भने ।

सो नयाँ शोरूममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो आउटलेटलाई बिक्री, सर्भिस र स्पेयर पाट्र्स सहितको पूर्ण थ्रीएस सुविधा सहित तयार गरेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...