नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु, नयाँ लिने र नविकरण गर्ने प्रक्रिया थप सहज हुने
काठमाडौं–सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स...
काठमाडौं - एकान्तकुना स्थित यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन ढिलाइ नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ। कार्यालयले हाल भीडभाड न्यून रहेको भन्दै प्रिन्ट भइसकेका लाइसेन्स छिटो लिन अनुरोध गरेको हो।
जारी सूचनाअनुसार अहिले कार्यालयका १२ वटा कक्षबाट लाइसेन्स वितरण भइरहेको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै अनलाइन प्रणालीमार्फत आफ्नो लाइसेन्स कुन कोठाबाट पाइन्छ भन्ने जानकारी लिन सकिने व्यवस्था गरिएको छ।
लाइसेन्स रहेको कक्ष पत्ता लगाउन सेवाग्राहीले कार्यालयको वेबसाइटमा गई ‘Check’ विकल्पमा आवश्यक विवरण भर्नुपर्ने हुन्छ। त्यसपछि देखाइएको कोठा नम्बरमा पुगेर आफ्नो RECEIVED ID र सक्कल रसिद पेश गरेपछि मात्र लाइसेन्स प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...