मुक्तिनाथ पुग्यो ट्रान्स हिमालय एड्भेन्चरको टोली, पोखरा फर्किदै

ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली बुधबार मुस्ताङको मुक्तिनाथ पुगेको छ । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका हुन् ।

मुक्तिनाथ नजिकै सेल्फी डाँडामा राइडरहरुका बिच ट्रेल बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो । यसैगरी सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ ।

करिव ३ हजार मिटर उचाईमा भएको सो प्रतियोगिताका विजेताहरुलाई पोखरामा आयोजना हुने कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष रौनियारबाट पुरस्कृत गरिने छ ।

अब राइडरहरु फेरि जोमसोम, बेनी, कुश्मा हुँदै पोखरा फर्किने छन् । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पु¥याउने छ ।

सो राइडिङमा काठमाडौंबाट आएका राइडरका साथै केही राइडर पोखराबाट समेत थप भएका थिए । यसमा भारतबाट समेत केही राइडर सहभागी भएका छन् ।

राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका छन् र विजेताहरुलाई पुरस्कृत गरिने बताइएको छ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।

सम्बन्धित समाचारहरू

स्कुल्स टु ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न, यी भए विजेता

स्कुल्स टु ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न, यी भए विजेता

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ...

भारतमा सम्पन्न प्रतियोगितामा नेपाली राइडर दीपक साह बने –याली अफ हिमालयाज विजेता

भारतमा सम्पन्न प्रतियोगितामा नेपाली राइडर दीपक साह बने –याली अफ हिमालयाज विजेता

भारतमा सम्पन्न –याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात...

सडक दुर्घटना पीडितहरुको सम्झना : मंसिर ४ गते नेपालमा समेत विश्व दिवस मनाइदै

सडक दुर्घटना पीडितहरुको सम्झना : मंसिर ४ गते नेपालमा समेत विश्व दिवस मनाइदै

सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व सम्झना दिवस (World Day of...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...