मोटरसाइक्लिङ सेफ्टी तथा सस्टेनेबिलिटि शीर्षकमा वेबिनार सम्पन्न
काठमाडौं – एफआइएम सस्टेनेबल विक २०२१ को अवसरमा नेपाल अटोमोवाइल्स एसोसिएसन...
ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली बुधबार मुस्ताङको मुक्तिनाथ पुगेको छ । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका हुन् ।
मुक्तिनाथ नजिकै सेल्फी डाँडामा राइडरहरुका बिच ट्रेल बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो । यसैगरी सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ ।
करिव ३ हजार मिटर उचाईमा भएको सो प्रतियोगिताका विजेताहरुलाई पोखरामा आयोजना हुने कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष रौनियारबाट पुरस्कृत गरिने छ ।
अब राइडरहरु फेरि जोमसोम, बेनी, कुश्मा हुँदै पोखरा फर्किने छन् । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पु¥याउने छ ।
सो राइडिङमा काठमाडौंबाट आएका राइडरका साथै केही राइडर पोखराबाट समेत थप भएका थिए । यसमा भारतबाट समेत केही राइडर सहभागी भएका छन् ।
राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका छन् र विजेताहरुलाई पुरस्कृत गरिने बताइएको छ ।
माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ ।
राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।
काठमाडौं – एफआइएम सस्टेनेबल विक २०२१ को अवसरमा नेपाल अटोमोवाइल्स एसोसिएसन...
काठमाडौं – एमाले निकट नेपाल खेलकुद महासंघको केन्द्रीय समितिमा अटोमोबाइल...
काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को आयोजनामा शुक्रबार र शनिबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...