ट्रान्स हिमालय एड्भेन्चर पुग्यो पोखरा, गरियो स्वागत र विदाई

पोखरा – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौंबाट प्रस्थान गरेकाे ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली पोखरा पुगेको छ ।

-यालीलाई पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्रीधर शर्मा, गण्डकी अटोमोबाइल्स एसोसिएसनका सल्लाहकार नारायण प्रसाद शर्मा र अध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र कोइराला तथा सदस्यहरु चाँदनी हमाल र रविना श्रेष्ठ लगायतले राइडरहरुलाई स्वागत गरे ।

पोखरा सहर परिक्रमा गरी आजै राइडरहरु विदाई भएर नौडाँडा पुगेका छन । केही दिन पहिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको सन्दर्भमा साहसिक तथा पर्यटकीय खेल गतिविधिमार्फत यसलाई सघाउन सो टुरिङ तथा रेसिङ कार्यक्रमले सघाउ पु-याउने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पु-याउने छ ।

सो राइडिङमा काठमाडौंबाट आएका राइडरका साथै केही राइडर पोखराबाट समेत थप भएका छन् । यसमा भारतबाट समेत केही राइडर सहभागी भएका छन् ।

राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी हुने र विजेताहरुलाई पुरस्कृत गरिने बताइएको छ ।

सो ¥याली भोलि नौडाँडाबाट कालोपानी, लेते हुँदै मुक्तिनाथका लागि प्रस्थान गर्नेछ । टुरिङको दौरान बाग्लुङ, बेनी र अन्य स्थानका स्थानीय निकायसँग टु ह्विल टुरिङ सम्बन्धी विभिन्न जानकारीमूलक कार्यक्रम गरिने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।

सम्बन्धित समाचारहरू

मनिलामा सम्पन्न रोड सेफ्टी कन्फ्रेन्समा नेपालको दमदार सहभागिता, दिगो सडक र सुरक्षित यातायात चर्चा

मनिलामा सम्पन्न रोड सेफ्टी कन्फ्रेन्समा नेपालको दमदार सहभागिता, दिगो सडक र सुरक्षित यातायात चर्चा

एसिया प्यासिफिक क्षेत्रका देशहरुको सडक सुरक्षा सम्बन्धी अन्तर सरकारी...

यी हुन् पोखरामा सम्पन्न रोड रेसिङ च्याम्पियनसिपका विजेता

यी हुन् पोखरामा सम्पन्न रोड रेसिङ च्याम्पियनसिपका विजेता

काठमाडौं – पोखरामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ ।...

राइड विथ भ्लगर्स कार्यक्रम सम्पन्न

राइड विथ भ्लगर्स कार्यक्रम सम्पन्न

काठमाडौं – नेपालमा पहिलो पटक राइड विथ भ्लगर्स कार्यक्रम आयोजना भएको छ । ए...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...