ट्रायम्फ नेपालको ‘ट्रेल्स अफ द माउन्टेन लेक्स’ एपिक राइड सफलतापूर्वक सम्पन्न

काठमाडौं - हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. अन्तर्गत ट्रायम्फ नेपालले “ट्रायम्फ एपिक राइड: मनाङ एडिसन – ट्रेल्स अफ द माउन्टेन लेक्स” मोटरसाइकल र्‍याली सफलतापूर्वक सम्पन्न गरेको छ। सात दिने सो विशेषा मोटरसाइकल यात्रा २०२६ अप्रिल २५ देखि मे १ सम्म आयोजना गरिएको थियो।

सो सात दिनको रोमाञ्चक यात्रामा ट्रायम्फ राइडरहरूले इटहरी र काठमाडौंबाट सुरु गरी हिमाली उपत्यका मनाङसम्मको एक अविस्मरणीय यात्रा अनुभव गरे। उनीहरूले ट्रायम्फ स्पिड ४००, स्क्र्याम्ब्लर ४०० एक्स र स्क्र्याम्ब्लर ४०० एक्ससी मोटरसाइकलमा विकट हिमाली भू-भाग, विभिन्न मठ-मन्दिरहरू, अफ-रोड चुनौती र उच्च हिमाली पासहरू सहित लामो दूरी पार गर्दै यात्रा तय गरे। 

सो यात्रा इटहरी र काठमाडौंबाट सुरु भई नारायणगढ हुँदै पहाडी घुमाउरो बाटो तर्फ अघि बढेको थियो । कठिन र चुनौतीपूर्ण बाटोमा बेसिसहर हुँदै २,६५० मिटर उचाइमा रहेको चामे पुगेका थिए । त्यसपछि यात्रा मनाङ पुग्दा हिमाली दृश्य, शितल हावा र रमणीय भू-भागको अनौठो अनुभव गरेका थिए । यात्राको सबैभन्दा आकर्षण तथा चुनौतीपूर्ण गन्तव्य ४,६२० मिटर उचाइमा रहेको आइस लेक (किचो ताल) रहेको थियो ।

सात दिनको यात्राका तालिका

पहिलो दिन: यात्राको पहिलो दिन इटहरी र काठमाडौंबाट आएका राइडरहरू चितवनको नारायणगढमा भेट भई अघि बढेका थिए ।

दोस्रो दिन: राइडरहरू बेसिसहर र चामे हुँदै साँघुरा र घुमाउरा बाटो पार गर्दै हिमाली क्षेत्रमा प्रवेश गरेका थिए ।

तेस्रो दिन: चामेदेखि ३९ किलोमिटर दुरी रहेको मनाङको ४,००० मिटर उचाइमा रहेको पिसाङ, ङावल र भ्राका हुँदै यात्रा अल्पाइन भू–भागमा रूपान्तरण भएको थियो । त्यहाँ ग्रीन लेक र ब्लु लेकको दृश्यले यात्रालाई अझ थप आकर्षक बनाएको थियो ।

चौथो दिन: मनाङदेखि (आइस लेक हुँदै) बेसिसहर (१०१ किमी | ४,६२० मि.) आइस लेकसम्मको कठिन यात्रा पश्चात् राइडरहरू बेसिसहरतर्फ अवतरण गरेका थिए । आइस लेकसम्मको यात्रामा भने बाटोले राइडर र मोटरसाइकल दुवैको क्षमता परीक्षण गरेको थियो ।

पाँचौं दिन: बेसिसहरको उच्च हिमाली क्षेत्रबाट फर्किँदै खुला राजमार्गको सडकतर्फ अघि बढेको यात्रा बीच बाटोमा आएको भारी वर्षाको अनुभव गर्दै राइडरहरूको समूह पाँचौ दिन मेघौली पुगेको थियो ।

छैठौं दिन: मेघौलीदेखि तराई क्षेत्रको लामो दूरीको यात्रासँगै साँस्कृतिक विविधताहरूको अनुभव गर्दै राइडरहरूको समूह छैठौं दिन जनकपुर पुगेको थियो ।

सातौं दिन: जनकपुरको जानकी मन्दिरको अवलोकनपछि राइडरहरू आफ्नो गन्तव्य इटहरी/काठमाडौं तर्फ फर्किँएसँगै ७ दिने एपिक राइड सफलतासँगै सम्पन्न भएको थियो ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले “ट्रायम्फ एपिक राइड: मनाङ एडिसन - ट्रेल्स अफ द माउन्टेन लेक्स केवल एक मोटरसाइकल यात्रा मात्र नभई, बिर्सनै नसकिने रोमाञ्चक अनुभव बनेको सुनाएका छन् ।”

सम्बन्धित समाचारहरू

हर्नका आवाज फरक हुनुको विज्ञान, पीं–पींदेखि पों–पोंसम्मको रोचक विज्ञान

हर्नका आवाज फरक हुनुको विज्ञान, पीं–पींदेखि पों–पोंसम्मको रोचक विज्ञान

सडकमा यात्रा गर्ने क्रममा हरेक सवारी साधनको हर्न फरक सुनिन्छ। कुनै कारको...

पोलिसी डायलगमा मन्त्री देखि अभियन्ता सम्म, चर्चामा अटोमोबाइल तथा बेटर मोबिलिटी

पोलिसी डायलगमा मन्त्री देखि अभियन्ता सम्म, चर्चामा अटोमोबाइल तथा बेटर मोबिलिटी

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश विदेशका...

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...