हराएका २१ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ - विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजो सोमबार धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।

योसँगै साउन महिनामा २९ वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । यस्तै चोरीको मोटरसाइकल सहित साउन १२ गते काठमाडौँको तारकेश्वर नगरपालिका वडा ५ गुम्बाबाट नियन्त्रणमा आएका १ जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको कार्यालयले जनाएको छ ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचारहरू

जोरबिजोर प्रणाली हट्यो बस, माइक्रो र टेम्पोमा

जोरबिजोर प्रणाली हट्यो बस, माइक्रो र टेम्पोमा

काठमाडौँ – उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस,...

दुलहीले गाडीको बोनटमा बसेर रिल बनाउदा भयो ठुलो जरिवाना

दुलहीले गाडीको बोनटमा बसेर रिल बनाउदा भयो ठुलो जरिवाना

आजकल मानिसहरु भाइरल हुन के मात्र गर्दैनन् । भाइरल हुनका लागि नियम उल्लङ्घन...

बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीको भाडा, यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने

बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीको भाडा, यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने

काठमाडौं – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...