काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाडौँ - काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।

उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद तथा ट्राफिक प्रहरीले हिजो बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीमा मापसे परीक्षण गरी कडाइका साथ अनुगमन गरिरहेको थियो ।

चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने प्रहरीको अपेक्षा अनुसार आज दिनभरी जनपद तथा ट्राफिक प्रहरी सडकमा खटिएको उनले बताए । “हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो । नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ । चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो”, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने ।

उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी आफै खटिएका छन् । उनले टोलीसहित त्रिपुरेश्वर, नयाँवानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल, बल्खुलगायतका क्षेत्रमा निरीक्षण चालकहरूको मापसे परीक्षण गरेका थिए ।

भाइटीकाको दिन काठमाडौँ उपत्यकाभर सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । उनले भने, “मापसेको कारण दुर्घटना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।”

ट्राफिक प्रहरीले दसैँ, तिहारजस्ता पर्वमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति रोक्न गत वर्षभन्दा यस वर्ष थप कडाइ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले ‘मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैको साथ दिऔँ’ नारासहित सडक प्रयोगकर्तामाझ सचेतनामूलक पर्चा वितरण र माइकिङसमेत गरेको थियो ।

सम्बन्धित समाचारहरू

लोकप्रिय बन्दै पठाओ ट्याक्सी : यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य

लोकप्रिय बन्दै पठाओ ट्याक्सी : यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य

काठमाडौं – कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन...

डेढ वर्षपछि भेटियाे त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स

डेढ वर्षपछि भेटियाे त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स

काठमाडौं – त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति...

आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ हो । सन् २०२१ विदा भएर भोलि देखि २०२२ लाग्दैछ । आज संसारभर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...