लोकप्रिय बन्दै पठाओ ट्याक्सी : यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य
काठमाडौं – कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन...
काठमाडौँ । किर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बा२ख ३६ ७२ नम्बरको मिनी बस चालक भारत घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३६ वर्षीय रोशन सिंह, बा४ख २७१७ नम्बरको भाडा बस चालक उदयपुर घर भई कीर्तिपुर बस्ने २८ वर्षीय राम सिंह राई, बा३ख ४९८३ नम्बरको भाडा बस चालक मकवानपुरको कैलाश गाउँपालिका २ घर भएका २६ वर्षीय सुशान्त घर्ती र बा३ख १८६५ नम्बरका पानी ट्याङ्कर चालक सिन्धुपाल्चोक घर भई हाल चोभार बस्ने ३० वर्षीय सुनिल के।सी। रहेका छन् ।
उनीहरू चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त किर्तिपुरमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त कीर्तिपुर संयुक्त टोलीले आज २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेको उनको भनाइ छ ।
काठमाडौं – कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन...
काठमाडौं – पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको...
प्रहरी बरिष्ठ नायव निरीक्षक बिष्णु थापा सडक प्रयोगकर्ताहरुलाई सडक प्रयोग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...