टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतीय बजारमा चाँडै लन्च गर्ने तयारी गरेको छ। मिड साइज इलेक्ट्रिक एसयूभी सेगमेन्टमा राखिने सो नयाँ मोडलले लामो दूरी, आधुनिक प्रविधि र प्रिमियम सुविधासहित बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको छ।

अर्बन क्रुजर एबेला २ वटा लिथियम आइरन फस्फेट ब्याट्री प्याक विकल्पसहित उपलब्ध हुनेछ, जसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमता रहेको छ । दुवै ब्याट्री अगाडिको एक्सल मोटरसँग जोडिएको छ । ४९ किलोवाट आवरको ब्याट्रीले १४२ बीएचपी पावर उत्पादन गर्नेछ भने ६१ किलोवाट आवरको ब्याट्री प्याकले १७१.५ बीएचपी र १८९ एनएमको टर्क उत्पादन गर्नेछ । यसमा स्ट्यान्डर्ड एसी चार्जिङका साथै सीसीएस२ प्रकारको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध हुनेछ ।

सो एसयूभीमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । यसको टप भेरिएन्टमा भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ, प्यानोरामिक ग्लास रुफ, वायरलेस चार्जिङ सुविधा र जेबीएल कम्पनीबाट प्रिमियम साउन्ड सिस्टम जस्ता फिचर समावेश गरिएको छ ।

सेफ्टीका लागि यसमा ७ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र बलियो बडी स्ट्रक्चर जस्ता फिचर उपलब्ध हुनेछ । टप ई३ भेरिएन्टमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, कोलिजन मिटिगेशन ब्रेकिङ सिस्टम, ब्लाइन्ड स्पट अलर्ट र ३६० डिग्री क्यामेरा जस्ता फिचर समावेश गरिएको छ ।

डिजाइनका हिसाबले यसमा ई-भिटारासँग मिल्दोजुल्दो शार्प र स्पोर्टी लुक देखिए पनि केही विशिष्ट स्टाइलिङ एलिमेन्टले यसलाई फरक पहिचान दिनेछ । यसमा एलईडी लाइटिङ, १८ इन्चका अलोय ह्विल, फराकिला ह्विल आर्च र ड्युअल टोन रङ विकल्प जस्ता विशेषता रहेको छ ।

सो एसयूभी एक पटक फुल चार्जमा ५४३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। कम्पनीले ८ वर्षको ब्याट्री वारेन्टी पनि दिएको छ । मूल्यका हिसाबले यसको मूल्य करिब १६ लाख ५० हजार भारु हुने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...