टोयोटाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउँदै, नेक्सन र भेन्युसँग प्रतिस्पर्धा गर्ने

टोयोटाले अर्बन क्रुजर टेसर नामक नयाँ कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । यसको लागि उत्सुकतापूर्वक पर्खिरहनु हुने ग्राहकको लागि कम्पनीले यसको लन्चिङ मितिको बारेमा जानकारी दिएको छ । कम्पनीले आफ्नो लाइनअपमा रहेको सबैभन्दा सानो एसयूभी अप्रिल ३ मा भारतमा लन्च गर्ने जनाएको छ । यो नयाँ कार मारुती सुजुकी फ्रङ्क्सको रिब्याज्ड संस्करण हुनेछ ।

अर्बन क्रुजर टेसरमा कस्मेटिक परिवर्तनका साथै रिभाइज्ड हेडल्याम्प क्लस्टर, नयाँ एलईडी डेटाइम रनिङ ल्याम्प, अलोय ह्विल, टेल ल्याम्प र रिभाइज्ड रियर बम्पर हुने अपेक्षा गरिएको छ । कम्पनीले यसको इन्टेरियरमा फ्रङ्क्स जस्तो ड्यासबोर्ड समावेश गर्ने अनुमान छ । सिटमा नयाँ अपहोल्स्ट्री देख्न सकिनेछ ।

इन्जिनको बारेमा कुरा गर्दा अर्बन क्रुजर टेसरमा फ्रङ्क्स जस्तै इन्जिन विकल्प हुनेछ । यसमा १.२ लिटर पेट्रोल इन्जिन र सम्भावित रूपमा १.० लिटर बुस्टरजेट टर्बो पेट्रोल युनिट समावेश छ ।

सो एसयूभीले टाटा नेक्सन, हुन्डाई भेन्यु, महिन्द्रा एक्सयूभी३०० र मारुती सुजुकी ब्रेजा जस्ता कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

सुमो रेस्लरलाई घुमाउन टोयोटाले ल्यायो कन्भर्टिबल एसयूभी

सुमो रेस्लरलाई घुमाउन टोयोटाले ल्यायो कन्भर्टिबल एसयूभी

टोयोटाले सेन्चुरी एसयूभी कन्भर्टिबल सार्वजनिक गरेको छ । गत शनिबार...

९ बालबालिकाको चित्र टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा छनोट, जापान जाँदै

९ बालबालिकाको चित्र टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा छनोट, जापान जाँदै

काठमाडौँ – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार : १२ करोड भारुको मर्सिडिज मेब्याक एस ६५० गार्ड

भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार : १२ करोड भारुको मर्सिडिज मेब्याक एस ६५० गार्ड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै दिल्लीको हैदरावाद हाउसमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...