टोयोटाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउँदै, नेक्सन र भेन्युसँग प्रतिस्पर्धा गर्ने

टोयोटाले अर्बन क्रुजर टेसर नामक नयाँ कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । यसको लागि उत्सुकतापूर्वक पर्खिरहनु हुने ग्राहकको लागि कम्पनीले यसको लन्चिङ मितिको बारेमा जानकारी दिएको छ । कम्पनीले आफ्नो लाइनअपमा रहेको सबैभन्दा सानो एसयूभी अप्रिल ३ मा भारतमा लन्च गर्ने जनाएको छ । यो नयाँ कार मारुती सुजुकी फ्रङ्क्सको रिब्याज्ड संस्करण हुनेछ ।

अर्बन क्रुजर टेसरमा कस्मेटिक परिवर्तनका साथै रिभाइज्ड हेडल्याम्प क्लस्टर, नयाँ एलईडी डेटाइम रनिङ ल्याम्प, अलोय ह्विल, टेल ल्याम्प र रिभाइज्ड रियर बम्पर हुने अपेक्षा गरिएको छ । कम्पनीले यसको इन्टेरियरमा फ्रङ्क्स जस्तो ड्यासबोर्ड समावेश गर्ने अनुमान छ । सिटमा नयाँ अपहोल्स्ट्री देख्न सकिनेछ ।

इन्जिनको बारेमा कुरा गर्दा अर्बन क्रुजर टेसरमा फ्रङ्क्स जस्तै इन्जिन विकल्प हुनेछ । यसमा १.२ लिटर पेट्रोल इन्जिन र सम्भावित रूपमा १.० लिटर बुस्टरजेट टर्बो पेट्रोल युनिट समावेश छ ।

सो एसयूभीले टाटा नेक्सन, हुन्डाई भेन्यु, महिन्द्रा एक्सयूभी३०० र मारुती सुजुकी ब्रेजा जस्ता कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

यी हुन् १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता, हजारौले बनाए ड्रिमकार

यी हुन् १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता, हजारौले बनाए ड्रिमकार

काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

नयाँ फ्लाइङ कारको परीक्षण, ८२०० फुटको उचाईमा १००० किलोमिटरको उडान

नयाँ फ्लाइङ कारको परीक्षण, ८२०० फुटको उचाईमा १००० किलोमिटरको उडान

जमिन र हावामा उड्ने एयरकारले स्लोभाकियाको अन्तर्राष्ट्रिय हवाईअड्डा...

माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर

माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर

टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...