हाइलक्स ईभीलाई टोयोटाले अर्को वर्षदेखी थाइल्याण्डबाट उत्पादन सुरु गर्ने

हाइलक्स पिकअपको इलेक्ट्रिक भर्सन २०२५ को अन्त्य सम्ममा उत्पादनमा प्रवेश गर्ने टोयोटाले जनाएको छ । उक्त इलेक्ट्रिक पिकअप थाइल्याण्डमा उत्पादन हुने टोयोटा थाइल्यान्डका प्रमुख नोरियाकी यामाशिताले पुष्टि गरेका हुन् ।

सन् २०२२ मा यसको कन्सेप्ट प्रदर्शन गरिएको थियो । रिपोर्टका अनुसार उक्त पिकअपको थाइल्यान्डमा ब्यापक परिक्षण गरिनेछ । उत्पादनमा जानुु अघि हाइलक्स ईभीलाई सार्बजनिक यातायातमा समेत परिक्षण गरिने टोयोटाले जनाएको छ । उक्त परिक्षणबाट यसको कार्य दक्षता प्रमाणित भएपछि मात्र उत्पादन सूरु हुनेछ ।

थाइल्यान्डमा लन्च भएपछि युरोप लगायत अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री हुने कम्पनीको भनाई छ । यसले फोर्ड एफ–१५० लाइटनिङ र इसुजुले लन्च गर्ने तयारी गरेको डी–म्याक्स इलेक्ट्रिक पिकअपसंग प्रतिस्पर्धा गर्नेछ ।

अन्तराष्ट्रिय बजारमा लन्च भएपनि सो पिकअप नेपाली बजारमा समेत आउने आनुमान गर्न सकिन्छ । नेपालमा अहिले बिक्री हुँदै आएको हाइलक्सले प्रिमियम पिकअपका रुपमा आफ्नो पहिचान कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

चिनियाँ कम्पनीसँग साझेदारी गर्दै सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार निर्माण गर्ने टोयोटाको तयारी

चिनियाँ कम्पनीसँग साझेदारी गर्दै सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार निर्माण गर्ने टोयोटाको तयारी

जापानी कम्पनी टोयोटा र चीनका २ कम्पनीको साझेदारीमा सेल्फ ड्राइभिङ...

बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

जापनिज अटो जायन्ट टोयोटाले चीनमा बीवाइडीको प्लेटफर्म प्रयोग गरी हाइब्रिड...

टोयोटाको सर्बाधिक लोकप्रिय एमपिभी अर्को वर्षदेखी उपलब्ध नहुने

टोयोटाको सर्बाधिक लोकप्रिय एमपिभी अर्को वर्षदेखी उपलब्ध नहुने

टोयोटाले अर्को वर्ष इनोभा क्रिस्टा बन्द गर्ने तयारी गरेको छ । टोयोटाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...