यारिस, कोरोल्ला र इकोमा निःशुल्क एयरब्याग परिवर्तन हुँदै : सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह

काठमाडौं – तपाईसँग सन् २००६ देखि २०१० सम्म बनेका टोयोटाका यारिस, कोरोल्ला र इको गाडी छन् भने निःशुल्क रुपमा एयरब्याग परिवर्तन गर्न सकिन्छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले आफ्नो सर्भिस सेन्टरमार्फत यो सुविधा उपलब्ध गराइरहेको छ ।

टोयोटा सर्भिस नेपालले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी प्रदान गरेको छ । विश्वभर पहिले देखि नै टोयोटाका विभिन्न मोडलका गाडीहरुमा एयरब्याग परिवर्तन गर्ने कार्य भइरहेको छ । टोयोटाका गाडीमा एयरब्याग निर्माता कम्पनी टाकाटाका एयरब्याग प्रयोग गरिएका छन् । तर सन् २००६ देखि २०१० सम्म उत्पादन भएका यी तीन मोडलका गाडीमा भएको एयरब्यागमा खराबी पाइएको छ ।

धेरै तापक्रम भएको अवस्थामा आद्र्रताका कारण यसले राम्रोसँग काम गर्न नसकेको पाइएको छ । कुनै अवस्थामा दुर्घटना भइहालेमा एयरब्याग फुक्नुको सट्टा यो विष्फोट हुने सम्भावना देखिएको छ । यही कुरालाई मनन गरी टोयोटा र टाकाटाले विश्वभर एयरब्याग परिवर्तन अभियान नै चलाएका छन् ।

नेपालमा पनि यो अवधिमा बनेका यी तीन मोडलका ८ सय भन्दा बढी गाडी उपलब्ध भएको कम्पनी स्रोतको भनाइ छ । नेपालमा सन् २०१८ देखि नै एयरब्याग परिवर्तन अभियान जारी छ । हाल सम्म नेपालमा उपलब्ध गाडी मध्ये ७० प्रतिशत भन्दा बढी गाडीमा निःशुल्क रुपमा एयरब्याग परिवर्तन भइसकेको समेत कम्पनी स्रोतले बताएको छ ।

कुनै गाडीमा देखिने खराबीलाई समाधान गर्नका लागि विश्वभर विभिन्न अटोमोबाइल निर्माता कम्पनीहरुले रिकल अभियान नै चलाउने गरेको पाइन्छ । टोयोटाको यो अभियान पनि त्यसैको एउटा उदाहरण हो ।

सम्बन्धित समाचारहरू

टोयोटाले सुजुकीसँगको सहकार्यमा ल्यायो नयाँ हाइब्रिड एसयूभी

टोयोटाले सुजुकीसँगको सहकार्यमा ल्यायो नयाँ हाइब्रिड एसयूभी

टोयोटाले भारतमा नयाँ मिड साइज एसयूभी हाइराइडर सार्वजनिक गरेको छ । पुरै...

सप्लाई चेनमा समस्या आएको भन्दै टोयोटाले रद्ध गर्यो हाइलक्सको बुकिङ

सप्लाई चेनमा समस्या आएको भन्दै टोयोटाले रद्ध गर्यो हाइलक्सको बुकिङ

भारतीय बजारमा केही साताअघिमात्र सार्बजनिक गरिएको टोयोटा हाइलक्स पिकअपको...

यस्तो देखियो नयाँ टोयोटा ग्लान्जा : नयाँ टिजर सार्वजनिक, १५ मार्चमा लन्च हुने

यस्तो देखियो नयाँ टोयोटा ग्लान्जा : नयाँ टिजर सार्वजनिक, १५ मार्चमा लन्च हुने

नयाँ टोयोटा ग्लान्जा चाँडै भारतमा लन्च हुने भएको छ । हालै कम्पनीले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...