टोयोटाको भारतमा एक दशक यताकै सर्वाधिक विक्री रेकर्ड

सन् २०२२ मा टोयोटाले भारतमा एक दशक यताकै सर्बाधिक गाडी विक्री गरेको छ । यो वर्ष उसले कुल १ लाख ६० हजार ३५७ युनिट गाडी बिक्री गर्दै भारतीय बजारमा आफ्नो उपस्थितीलाई वलियो वनाउँदै लगेको हो । जुन अघिल्लो वर्षको तुलानामा २३ प्रतिशतले बढी हो ।

सन् २०१२ मा कुल १ लाख ७२ हजार २४१ युनिट कार विक्री गरेको टोयोटाको त्यसपछिका वर्षहरुमा भने विक्री कम हुँदै गएको थियो । सन् २०२१ मा उसले कुल १ लाख ३९ हजार ७६८ युनिट कार बिक्री गरेको थियो ।

वर्ष २०२२ मा विक्री वढ्नुको पछाडी नयाँ मोडल हाइराइडर र हाइक्रसको योगदान महत्पूर्ण रहेको कम्पनीले बताएको छ । यी मोडलसंगै ग्लान्जा, फर्चूनर, लेजेन्डर, क्याम्री र भेलफायर जस्ता मोडलले समेत आ–आफ्नो सेग्मेन्टमा राम्रो रेस्पोन्स पाएका थिए ।

टोयोटाको मात्र नभई यो वर्ष भारतमा प्राय सवैजसो ब्रान्डले बिक्री वढाएका छन् । मारुती सुजुकी, हुन्डाई, टाटा र महिन्द्रा जस्ता उच्च माग भएका व्राण्डले यो वर्ष विक्रीमा नयाँ रेकर्ड कायम गरेका छन् ।

सम्बन्धित समाचारहरू

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल...

टोयोटाको सानो तर शक्तिशाली एसयूभी नयाँ ल्यान्ड क्रुजर एफजे सार्वजनिक

टोयोटाको सानो तर शक्तिशाली एसयूभी नयाँ ल्यान्ड क्रुजर एफजे सार्वजनिक

जापान मोबिलिटी शो २०२५ मा टोयोटाले आफ्नो चर्चित अफरोड एसयूभी ल्यान्ड...

नयाँ वर्षको अवसरमा टोयोटा नेपालले राष्ट्रव्यापीरुपमा अपग्रेड इभेन्ट आयोजना गर्ने

नयाँ वर्षको अवसरमा टोयोटा नेपालले राष्ट्रव्यापीरुपमा अपग्रेड इभेन्ट आयोजना गर्ने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...