टोयोटा नयाँ अफ–रोडिङ एसयूभी एफजे क्रुजर ल्याउने तयारीमा, तस्बिर लिक

टोयोटा मोटर्सले नयाँ अफरोड एसयूभीको विकासमा तिब्रता दिइरहेको पेटेन्ट तस्बिर लिक भएको छ । हालै फिलिपिन्सको पेटेन्ट कार्यालयबाट लिक भएको तस्बिरमा देखिएको मोडललाई ‘एफजे क्रुजर’ भनिएको छ, जुन पुरानो एफजे क्रुजरबाट प्रेरित नयाँ एसयूभी हो।

एफजे क्रुजरको डिजाइन २०२१ मा अनावरण गरिएको 'कम्प्याक्ट क्रुजर ईभी' कन्सेप्टमा आधारित रहेको छ। लिक भएको तस्बिर अनुसार सो मोडलमा बाक्लो सी–पिलर, अगाडि–पछाडि फेन्डर र बक्सी आकारको बडी डिजाइन देखिएको छ । टोयोटाले यसलाई रग्ड अफ–रोडिङ प्रयोगका लागि लक्षित गरिरहेको स्पष्ट देखिन्छ।

सो मोडल टोयोटाको आईएमभी प्लेटफर्ममा आधारित हुनेछ । यसको उत्पादन लागत घटाएर बजारमा प्रतिस्पर्धात्मक मूल्यमा ल्याउने सम्भावना रहेको छ । सो प्लेटफर्मको प्रयोगले यसमा फोर व्हिल ड्राइभ क्षमतासमेत समावेश हुने अपेक्षा गरिएको छ।

एफजे क्रुजरमा २.० लिटर र २.७ लिटर पेट्रोल इन्जिनसहित २.८ लिटर डिजेल इन्जिनको पनि विकल्प रहने अनुमान गरिएको छ । सो इन्जिन हाल टोयोटाका अन्य मोडल हाईलक्स र फर्च्युनरमा प्रयोग हुँदै आएको छ । त्यसकारण यसलाई मिनी फर्चुनर समेत भनिएकाे छ ।

भारतमा यसको औपचारिक लन्च सन् २०२७ मा हुने अपेक्षा गरिएको छ। नेपालमा पनि भविष्यमा आउन सक्छ । यदि टोयोटाले मूल्य निर्धारण सन्तुलित राख्न सकेमा, एजे क्रुजरले महिन्द्रा थार, मारुती जिम्मी र आगामी स्कोर्पियो एन ४x४ लाई समेत कडा टक्कर दिन सक्नेछ ।

सम्बन्धित समाचारहरू

टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...

२०२५ टोयोटा ल्याण्ड क्रुजर प्राडो विश्व बजारमा, शक्तिशाली इन्जिन र हाइब्रिड प्रविधि सहित प्रस्तुत

२०२५ टोयोटा ल्याण्ड क्रुजर प्राडो विश्व बजारमा, शक्तिशाली इन्जिन र हाइब्रिड प्रविधि सहित प्रस्तुत

टोयोटाले आफ्नो लोकप्रिय एसयूभी ल्याण्ड क्रुजर प्राडोको नयाँ संस्करण २०२५...

अंग्रेजी नयाँ वर्षमा टोयोटाले ल्यायो अफर : यस पटक अटो बजारमा छैन अफरको रौनकता

अंग्रेजी नयाँ वर्षमा टोयोटाले ल्यायो अफर : यस पटक अटो बजारमा छैन अफरको रौनकता

अङ्ग्रेजी नयाँ वर्ष शुरु हुन अव जम्मा ९ दिनमात्र वाँकी छ । यो अवधिमा पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...