इभीका लागी आवश्यक कम्पोनेन्ट भारतमै उत्पादन गर्ने टोयोटाको योजना

जापनिज अटो निर्माता टोयोटाले इभीका लागी आवश्यक कम्पानेन्टको उत्पादन भारतमै गर्ने योजना बनाएको छ । टोयोटा ग्रुप अन्तर्गतकै टोयोटा किर्लोस्कर अटो पार्ट्ससंगको सहकार्यमा उसले ४८ अर्व भारु लगानी गर्न लागेको जनाइको छ । जसमध्ये टोयोटाले ४१ अर्व र टोयोटा किर्लोस्कर अटो पाटर््सले ७ अर्व लागानी गर्ने सहमती गरेर कर्नाटक सरकारसंग सम्झौता समेत भैसकेको छ ।

टोयोटाले विगत २५ वर्षदेखी भारतीय बजारमा उपस्थिती जनाउँदै आइरहेको छ । पावरट्रेन पार्टस् र इभी कम्पोनेन्ट उत्पादनक लागी उसले कर्नाटकमा रहेको हालको प्लान्टलाई प्रयोगमा ल्याउने जनाइएको छ । यसरी उत्पादन हुने कम्पोनेन्टलाई भारतमा उत्पादन हुने सवारीसाधनमा प्रयोग गर्नुको साथै अन्तराष्ट्रिय बजारमा समेत निर्यात गर्ने उसको योजना छ ।

इलेक्ट्रिक भेहिकलको माग विश्वव्यापी रुपमा बढिरहेको अवस्थामा विश्वकै सबैभन्दा ठूलो अटो उत्पादक टोयोटाले लिएको यो निर्णयलाई अन्य प्रतिस्पर्धी ब्रान्डले समेत अर्थपूर्ण रुपमा लिएका छन् । विश्वकै चौथो ठूलो अटो बजार भारतमा ठूलो लगानी लगाएर इभी कम्पोनेन्ट उत्पादन गर्ने योजना बनाएको यो ब्रान्डले भारतमा यसअघि १ खर्व २० अर्व भारु हाराहारी लगानी गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडोको २०२५ मोडलको डिजाइनका तस्बिरहरू लिक भएका छन्, जसले...

टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न

टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न

काठमाडौं नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

सुजुकीसँग साझेदारीमा नयाँ कार निर्माण गर्ने तयारीमा टोयोटा, फ्रोङ्क्ससँग प्रतिस्पर्धा हुने

सुजुकीसँग साझेदारीमा नयाँ कार निर्माण गर्ने तयारीमा टोयोटा, फ्रोङ्क्ससँग प्रतिस्पर्धा हुने

टोयोटा इन्डियाले अर्बन क्रुजर टेजर नामको नयाँ कारको ट्रेडमार्क दर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...