असार ५ देखि एक्सपेरियन्स टोयोटा २०८१ हुने, १२ वर्ष सम्मको बैंकिङ र अन्य धेरै सुविधा पाइने
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी वैशाख ८ गते मोटर -याली आयोजना गर्दैछ । सो -यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवर्द्धन गर्नु रहेको कम्पनीको भनाइ छ ।
२० वर्षअघिदेखि शुरू भएको -याली मोटर स्पोर्ट्सको क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ। -यालीले महिलाहरूलाई सशक्तिकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास रहेको बताएको छ ।
कम्पनीले -यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ। -यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने छ ।
यो -याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ विधाको टीडीएस -याली हो । टाइम (समय), डिस्ट्यान्स (दुरी) र स्पिड (गति) अर्थात टीडीएस -याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पिड तय गरिएको हुनेछ र यी सबैलाई मध्यनजर गरि अन्त्यमा बिजेता घोषणा हुनेछ ।
यो -यालीमा काठमाडौँको विभिन्न सहरहरु परिक्रमा हुनुको साथै संस्कृतिक सम्पदा हुदै गन्तब्यमा पुगी -यालीको समापन हुनेछ । अन्त्यमा कम्पनीले बिजेताहरुलाई उचित पुरस्कार उपलब्ध गराउनुको साथै -याली समापन हुने ठाउमा सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्यका साथ सो -यालीमा कार्निभल आयोजना गरिने बताइएको छ ।
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
नयाँ टोयोटा ग्लान्जा चाँडै भारतमा लन्च हुने भएको छ । हालै कम्पनीले नयाँ...
टोयोटाले भारतमा नयाँ मिड साइज एसयूभी हाइराइडर सार्वजनिक गरेको छ । पुरै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...