नयाँ वर्षको अवसरमा टोयोटा नेपालले राष्ट्रव्यापीरुपमा अपग्रेड इभेन्ट आयोजना गर्ने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रव्यापी अपग्रेड इभेन्ट ‘नयाँ वर्ष नयाँ टोयोटा’ आयोजना गर्दैछ ।

नजिकिदै गरेको नयाँ वर्ष परिवारको लागि ठूलो उपहार प्राप्त गर्ने उत्तम समय भएको र यसैलाई ध्यान दिएर सो अवसरमा अपग्रेड इभेन्ट आयोजना गर्न लागेको कम्पनीको भनाइ छ । सो इभेन्टमा ग्राहकहरूले आफुनो जुनसुकै ब्रान्डको पुराना गाडी ल्याएर राइज, रस, हाइलक्स, कोरोल्ला क्रस हाइब्रिड, फर्चुनर, -याभ फोर हाइब्रिड र ल्यान्डक्रुजर जस्ता नयाँ टोयोटा गाडीमा अपग्रेड हुन सक्ने छन् ।

सो इभेन्ट चितवन, पोखरा, विराटनगर, धनगढी लगायत काठमाडौं उपत्यका भित्र रहेका टोयोटाका सबै आउटलेटमा हुने बताइएको छ । सो इभेन्ट आगामी अप्रिल ९ देखि १३ अर्थात चैत २६ देखि ३० गते सम्म हुनेछ ।

सो इभेन्टमा टोयोटाले आफ्ना ग्राहकहरूलाई इजी बैंक फाइनान्स, फ्री रोड ट्याक्स, फ्री इन्स्योरेन्स, सर्भिसमा २० प्रतिशत सम्म छुट जस्ता विभिन्न अफरहरू उपलब्ध गराउँदै आएको छ ।

टोयोटाको भिजन ‘मोबिलिटी फर अल’ लाई समर्थन गर्दै, यूटीएसले ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज प्लान र सवारी साधनलाई वृद्धि गर्ने सुनौलो अवसर प्रदान गर्न यो कार्यक्रम ल्याएको बताएको छ ।

सम्बन्धित समाचारहरू

बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी

बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी

टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...

चिनियाँ कम्पनीसँग साझेदारी गर्दै सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार निर्माण गर्ने टोयोटाको तयारी

चिनियाँ कम्पनीसँग साझेदारी गर्दै सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार निर्माण गर्ने टोयोटाको तयारी

जापानी कम्पनी टोयोटा र चीनका २ कम्पनीको साझेदारीमा सेल्फ ड्राइभिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...