२०३० सम्म टोयोटाले भारतमा १५ नयाँ मोडल लन्च गर्ने, बजार हिस्सा १० प्रतिशत पुर्याउने
टोयोटाले भारतका लागि एक प्रमुख र आक्रामक योजना बनाएको छ । जसअन्गर्तत, २०३०...
टोयोटाले हालसालै आफ्नो फ्ल्यागसिप रेन्जमा नयाँ एसयूभी थप गरेको छ । सेन्चुरी नामले आएको सो नयाँ एसयूभीको मूल्य ल्याण्डक्रुजर भन्दा तीन गुणा बढी महंगो पर्ने जनाइएको छ ।
यो विशेष एसयुभीलाई कम्पनीले मासिक ३० यूनिटका दरले मात्र डेलिभरी दिन सक्ने बताएको छ । टोयोटाले हरेक गाडीमा ३ घण्टा बढी समय विताएर निरिक्षण गरेपछी मात्र ग्राहकलाई सो एसयूभी डेलिभरी दिँदै आएको छ ।
सो नयाँ एसयूभीमा टोयोटाले प्लग–ईन–हाइब्रिड सिस्टम सहितको ३.५ लिटर भी६ पेट्रोल इन्जिन जडान गरेको छ । जसको पावर ४०६ एचपी हुन आउँछ भने यसको इलेक्ट्रिक रेन्ज ६९ किलोमिटर रहेको छ । गाडीमा फोर ह्विल स्टेरिङ सिस्टम दिइएको छ ।
फिचरको कुरा गर्नुपर्दा यसमा फोल्ड–फ्ल्याट सिट, रेटेटिङ पिक्निक टेवल, ११.६ इन्चको दुईथान टिभी, टचस्क्रिन कन्ट्रोल, रेफ्रिजेरेटर र १२.३ इन्चको दुईवटा डिस्प्ले लगायत पाउन सकिन्छ । साथै यसमा ग्राहकको माग बमोजिम अन्य अत्याधुनिक र प्रिमियम फिचर थप गर्न सकिने ब्यवस्था समेत मिलाइएको छ ।
सो नयाँ एसयूभीलाई कम्पनीले सुरुमा जापानमा बिक्री गर्ने थालेको हो । पछि यसको बिक्रि चीन हुँदै बाँकी अन्तराष्ट्रिय बजारमा पनि विस्तार गर्ने कम्पनीको योजना छ । जापानमा सो एसयूभीको मूल्य १ लाख ७० हजार डलर निर्धारण गरिएको छ ।
टोयोटाले भारतका लागि एक प्रमुख र आक्रामक योजना बनाएको छ । जसअन्गर्तत, २०३०...
टोयोटाले आगामी दिनमा अन्य गाडी लन्च गर्नु अघि जुलाई १ मा अर्बन क्रुजर...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै दिल्लीको हैदरावाद हाउसमा नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...