टोयोटा सेन्चुरी : यस्तो छ ल्याण्डक्रुजर भन्दा तीन गुणा बढि महंगो एसयूभी

टोयोटाले हालसालै आफ्नो फ्ल्यागसिप रेन्जमा नयाँ एसयूभी थप गरेको छ । सेन्चुरी नामले आएको सो नयाँ एसयूभीको मूल्य ल्याण्डक्रुजर भन्दा तीन गुणा बढी महंगो पर्ने जनाइएको छ ।

यो विशेष एसयुभीलाई कम्पनीले मासिक ३० यूनिटका दरले मात्र डेलिभरी दिन सक्ने बताएको छ । टोयोटाले हरेक गाडीमा ३ घण्टा बढी समय विताएर निरिक्षण गरेपछी मात्र ग्राहकलाई सो एसयूभी डेलिभरी दिँदै आएको छ ।

सो नयाँ एसयूभीमा टोयोटाले प्लग–ईन–हाइब्रिड सिस्टम सहितको ३.५ लिटर भी६ पेट्रोल इन्जिन जडान गरेको छ । जसको पावर ४०६ एचपी हुन आउँछ भने यसको इलेक्ट्रिक रेन्ज ६९ किलोमिटर रहेको छ । गाडीमा फोर ह्विल स्टेरिङ सिस्टम दिइएको छ ।

फिचरको कुरा गर्नुपर्दा यसमा फोल्ड–फ्ल्याट सिट, रेटेटिङ पिक्निक टेवल, ११.६ इन्चको दुईथान टिभी, टचस्क्रिन कन्ट्रोल, रेफ्रिजेरेटर र १२.३ इन्चको दुईवटा डिस्प्ले लगायत पाउन सकिन्छ । साथै यसमा ग्राहकको माग बमोजिम अन्य अत्याधुनिक र प्रिमियम फिचर थप गर्न सकिने ब्यवस्था समेत मिलाइएको छ ।

सो नयाँ एसयूभीलाई कम्पनीले सुरुमा जापानमा बिक्री गर्ने थालेको हो । पछि यसको बिक्रि चीन हुँदै बाँकी अन्तराष्ट्रिय बजारमा पनि विस्तार गर्ने कम्पनीको योजना छ । जापानमा सो एसयूभीको मूल्य १ लाख ७० हजार डलर निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी

बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी

टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

अब टोयोटा हाइलक्स भारतमै उत्पादन हुने, भयो सार्वजनिक

अब टोयोटा हाइलक्स भारतमै उत्पादन हुने, भयो सार्वजनिक

टोयोटा हाइलक्स भारतीय बजारमा सार्वजनिक गरिएको गरेको छ । यसको बुकिङ पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...