टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने
काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र नेपालका लागि टोयोटा गाडीको...
टोयोटाले आफ्नो बहुप्रतिक्षित कार इनोभा क्रिस्टा २.४ लिटर ४ सिलिन्डर टर्बाे डिजेल इन्जिनको साथमा लन्च गरेको छ । कम्पनीले सो कार जी, जीएक्स, भीएक्स र टप एन्ड जेडएक्स गरी ४ भेरिएन्टमा ल्याएको छ ।
टोयोटाले इनोभा क्रिस्टाको जी भेरिएन्टको मूल्य १९ लाख १३ हजार र जीएक्स भेरिएन्टको मूल्य १९ लाख ९९ हजार भारुमा लन्च गरेको हो । यो मूल्य ७ सिटर विकल्पको लागि हो । यसमा अटोमेटिक ट्रान्समिशनको विकल्प भने छैन ।
सो कारमा ७ एयरब्याग, फ्रन्ट र रियर पार्किङ सेन्सर, भेइकल स्टेबिलिटि कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल, ईबीडी, एबीएस, ब्रेक असिस्ट, ३ पोइन्ट सिट बेल्ट जस्ता सेफ्टी फिचर रहेको छ ।
कारको फ्रन्टमा ड्राइभरको लागि ८ तरिकाले पावर एडजस्टेबल गर्न मिल्ने सिट उपलब्ध रहेको छ । यसमा किलेस इन्ट्रि, क्लाइमेट कन्ट्रोल र ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम देख्न सकिन्छ । कारमा डिजिटल डिस्प्लेको साथमा रियर एसी भेन्ट, एम्बिएन्ट लाइटिङ, सिट ब्याक ट्रे र लेदर सिटको विकल्प रहेको छ ।
कारमा २.४ लिटर टर्बाे डिजेल ४ सिलिन्डर इन्जिन जडान गरिएको छ, जुन ५ स्पिड गियरबक्ससँग कनेक्ट छ । सो इन्जिनले १४८ बीएचपीको पावर र ३६० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ ।
काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र नेपालका लागि टोयोटा गाडीको...
पछिल्लो केही दिन यता सञ्चार माध्यममा सबैभन्दा बढी चर्चा गरिएको विषय हो...
काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...