टोयोटाले हाइब्रिड इन्जिन सहितको हाइराइडर ल्याउदै, हुन्डाई क्रेटाको प्रतिस्पर्धी बन्ने

टोयोटाले आगामी दिनमा अन्य गाडी लन्च गर्नु अघि जुलाई १ मा अर्बन क्रुजर हाइराइडर लन्च गर्ने भएको छ । मध्यम आकारको सो एसयूभी टोयोटाले लन्च गरे मुख्य कारमध्ये एक हुनेछ । टोयोटाले नयाँ अर्बन क्रुजर कम्प्याक्ट एसयूभी र नयाँ जेन इनोभा पनि यस वर्षको अन्त्यसम्ममा लन्च गर्ने बताइएको छ ।

टोयोटा अर्बन क्रुजर हाइराइडरले हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन, स्कोडा कुशाक, निसान किक्स र एमजी एस्टरसँग प्रतिस्पर्धा गर्नेछ । पाँच सिटर सो एसयूभी परीक्षण क्रममा देखिएको छ । सो एसयूभी चाँडै लन्च हुने अनुमान गरिएको छ ।

नयाँ हाइराइडरमा सम्भवतः हल्का हाइब्रिड र बलियो हाइब्रिड भएको १.५ लिटर पेट्रोल इन्जिन हुने सम्भावना छ । सो एसयूभी मारुती सुजुकी वाईएफजीसँग धेरै समानता हुनेछ । रिपोर्टका अनुसार अर्बन क्रुजर हाइराइडरमा हल्का हाइब्रिड इन्जिनको साथ एडब्ल्युडी विकल्प भएको सेगमेन्टकै पहिलो एसयूभी हुनेछ ।

माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १.५ लिटर ४ सिलिन्डर के१५सी पेट्रोल इन्जिन सम्भवतः फेसलिफ्टेड एर्टिगा र एक्सएल६ जस्तै हुनेछ । यसले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३६.८ एनएमको टर्क जेनेरेट गर्छ । सो एसयूभीमा ६ स्पिड म्यानुअल ट्रान्समिसन वा प्याडल सिफ्टिङ फङसन विकल्पको रूपमा ६ स्पिड टर्क कन्भर्टर अटोसँग जोडिनेछ ।

टोयोटा अर्बन क्रुजर हाइराइडरको डिजाइन ग्लेन्जा फेसलिफ्टबाट प्रभावित भएको छ । सो एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको साथ ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, सनरुफ, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एचयूडी, ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग र टीपीएमएस समावेश हुनेछन् ।

सम्बन्धित समाचारहरू

सुजुकी सियाजको सट्टा अब टोयोटा बेल्टा आउने, यस्ता हुनेछन् ५ विशेषता

सुजुकी सियाजको सट्टा अब टोयोटा बेल्टा आउने, यस्ता हुनेछन् ५ विशेषता

टोयोटाले मारुती सियाजमा आधारित नयाँ कार बजारमा उपलब्ध गराउने भएको छ ।...

भारतमा हाइब्रिड कारको बिक्री ११८ प्रतिशतले बढ्यो, ८१ प्रतिशत हिस्सा सहित टोयोटा अग्र स्थानमा

भारतमा हाइब्रिड कारको बिक्री ११८ प्रतिशतले बढ्यो, ८१ प्रतिशत हिस्सा सहित टोयोटा अग्र स्थानमा

भारतमा हाइब्रिड कारको बिक्री उच्च दरले बढेको छ । हाइब्रिड कारको बिक्री...

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...