भारतमा टोयोटाका ३ लाख बढी हाइब्रिड कार

भारतमा टोयोटाका हाइब्रिड कार निकै लोकप्रिय मानिन्छन् । भारतमा हाइब्रिड कारको मार्केट साइज त्यत्ति ठूलो नभएपनि टोयोटाका उत्पादनले भने यस सेग्मेन्टमा उत्साहप्रद बजार पाइरहेको छ ।

टोयोटाले हालै भारतमा ३ लाख हाइब्रिड कारको माइलस्टोन हासिल गरेको छ, जसले देशमा सेल्फ–चार्जिङ हाइब्रिड इलेक्ट्रिक गाडीहको बढ्दो स्वीकृतिलाई प्रतिबिम्बित गर्दछ ।

हाइब्रिड प्रविधिको कुरा गर्दा टोयोटा विश्व बजारमै अग्रपंक्तिमा रहेको छ । कम्पनीले विश्वव्यापी रूपमा ३ करोड ८० लाखभन्दा बढी यस्ता गाडी बेचेको छ, जसले १९ करोड ७० लाख टनभन्दा बढी कार्बन डाइअक्साइड प्रदूषण बचत गरेको अनुमान गरिएको छ ।

टोयोटाका हाइब्रिड पावरट्रेनमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर समावेश गरिएको हुन्छ । सो पावरट्रेनमार्फत दुबै पावर स्रोतहरू बीच स्विच र संयोजन गर्दछ, जसले गर्दा सवारी साधनहरू धेरैजसो समय इलेक्ट्रिक मोडमा सञ्चालन हुन सक्षम हुन्छन् । यसले इन्धन दक्षतामा उल्लेखनीय सुधार गर्छ ।

भारतमा, टोयोटाले अर्बन क्रुजर हाइराइडर, इनोभा हाइक्रस, क्यामरी र भेल्फायरमा हाइब्रिड पावरट्रेनहरू उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटाको नयाँ प्रविधि: अब इलेक्ट्रिक कारमा पनि म्यानुअल गियर र क्लचको अनुभव

टोयोटाको नयाँ प्रविधि: अब इलेक्ट्रिक कारमा पनि म्यानुअल गियर र क्लचको अनुभव

इलेक्ट्रिक सवारीसाधनको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ । यसले म्यानुअल...

नयाँ फ्लाइङ कारको परीक्षण, ८२०० फुटको उचाईमा १००० किलोमिटरको उडान

नयाँ फ्लाइङ कारको परीक्षण, ८२०० फुटको उचाईमा १००० किलोमिटरको उडान

जमिन र हावामा उड्ने एयरकारले स्लोभाकियाको अन्तर्राष्ट्रिय हवाईअड्डा...

टोयोटाको २ एसयूभीले नयाँ कीर्तिमान बनायो, के छ कारण

टोयोटाको २ एसयूभीले नयाँ कीर्तिमान बनायो, के छ कारण

जापानको कार निर्माता कम्पनी टोयोटा हालै विश्वको सबैभन्दा ठुलो कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...