आर्कफक्स टी१ ले पायो इन्टरनेशनल सीएमएफ डिजाइन अवार्ड
काठमाडौं — नेपाली बजारमा हालै लन्च भएको आर्कफक्स टी१ ले २०२५ इन्टरनेशनल...
काठमाडौं–नेपाली बजारमाा बिक्री हुने तीन फरक ब्रान्डका विद्युतीय कार चिनियाँ बजारको सर्बाधिक बिक्री हुने ५ उत्कृष्ट करको सूचीमा पर्न सफल भएका छन् ।
नेपाली बजारमा प्रोटोन ईमास५ को नामले बिक्री हुँदै आएको जिली ईएक्स२ सूचीको पहिलो स्थानमा परेको छ भने हालैमात्र लन्च भएको लिपमोटर ए१०(नेपाली बजारमा बी०३एक्स नामले बिक्री हुँदै आएको) दोस्रो र बीवाईडी एट्टो२ पाँचौ स्थानमा सामेल भएका हुन् ।
चीनको यात्रुवाहक कार बजारमा अगस्ट महिनामा ब्याट्रीबाट चल्ने विद्युतीय गाडी (ईभी) ले पूर्ण रूपमा कब्जा जमाएका छन् । हालै सार्वजनिक भएको बिक्री तथ्यांक अनुसार देशका शीर्ष १० उत्कृष्ट बिक्री हुने कारको सूचीमा नौ वटा स्थान पूर्ण रूपमा ब्याट्री इलेक्ट्रिकल गाडीहरूले ओगटेका छन् । परम्परागत पेट्रोल र डिजेलबाट चल्ने कारहरू भने यो शीर्ष सूचीबाट पूर्ण रूपमा बाहिरिएका छन् ।
यस महिनाको सूचीमा बीवाईडीको ‘फाङ चेङ बाओ टी ७’ मात्र एउटा यस्तो मोडल बनेको छ जसले ब्याट्री इलेक्ट्रिक र प्लग–इन हाइब्रिड दुवै विकल्प प्रदान गर्दछ । उक्त मोडलको कुल बिक्रीमध्ये ५५ प्रतिशत हिस्सा ब्याट्री इलेक्ट्रिकल गाडीकै रहेको थियो ।

चालू वर्षमा शीर्ष १० को सूचीबाट इन्धनबाट चल्ने कारहरू पूर्ण रूपमा बाहिरिएको यो दोस्रो पटक हो । सूचीमा पहिलो इन्धन गाडीको रूपमा टोयोटा कोरोला १३ औँ स्थानमा परेको छ, जसको अगस्ट महिनामा १४ हजार ६७५ युनिट बिक्री भएको छ ।
कार ब्रान्डहरूको प्रदर्शन हेर्दा जिलीको सानो ह्याचब्याक ‘इएक्स २’ कुल ३९ हजार ६५१ युनिट बिक्रीका साथ बजारमा शीर्ष स्थान हासिल गर्न सफल भएको छ । यो मोडल सन् २०२६ को जनवरीदेखि अगस्टसम्मको समग्र बिक्रीमा पनि अग्रस्थानमा रहेको छ । त्यसै गरी लिपमोटर ए १० दोस्रो स्थानमा रहँदा टेस्लाको मोडल वाई तेस्रो स्थानमा पर्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय ब्रान्डहरू मध्ये टेस्ला मात्र यस्तो कम्पनी बनेको छ जसका दुई मोडलहरू शीर्ष १० भित्र पर्न सफल भए । टेस्लाको मोडल वाई तेस्रो स्थानमा रहँदा मोडल ३ सेडान छैटौँ स्थानमा रहेको छ ।
अघिल्लो महिना चौथो स्थानमा रहेको साओमीको एसयू ७ सेडान भने यस पटक १० औँ स्थानमा खस्किएको छ । चीनमा सेडानको तुलनामा एसयूभी गाडीहरू बढी लोकप्रिय मानिन्छन् ।
शीर्ष २० को सूचीमा भने टोयोटा कोरोला क्रस, जिली स्टारे, फक्सवागन लाभिडा, टोयोटा आरएभी ४ र जिली मोन्जारो जस्ता केही इन्धन र हाइब्रिड मोडलहरूले स्थान बनाएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...