१३ लाख ३९ हजार भारुमा लन्च भयो किया सोनेट एक्स लाइन
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
दक्षिण कोरियाली अटोमेकर कियाले आफ्नो पहिलो पिकअप ट्रक ‘टास्मान’ सार्बजनिक गरेको छ । नयाँ पिकअप ट्रक पहिलो ६ महिना कोरियाली बजारमा बिक्री हुने र त्यसपछि अष्ट्रेलिया, अफ्रिका र मध्य पूर्व लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध हुने जनाइएको छ ।
सिंगल क्याब र डबल क्याब दुवै संस्करणमा उपलब्ध हुने सो पिकअप ट्रक बेस, एक्स–लाइन, र अफ–रोड–केन्द्रित एक्स–प्रो भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा सिंगल डेकर, डबल डेकर, स्पोर्ट्स बार र ल्याडर र्याक गरी कुल चारवटा कार्गो बेड उपलब्ध हुनेछ ।
किया टास्मानको सबै भेरियन्टमा भर्टिकल हेडल्याम्प, सी आकारको एलईडी डिआरएल, टाइगर नोज ग्रिल, र ठूलो फ्रन्ट बम्पर तथा हुडहरू समावेश हुनेछ भने पछाडि सी आकारको टेल लाइट राखिएको छ । साथै, यसको एक्स–लाइन र एक्स प्रो भेरिएन्टमा अल ह्विल ड्राइभको साथ इको, स्मार्ट, र स्पोर्ट ड्राइभ मोड तथा डेजर्ट, मड, स्नो र रक जस्ता टेरियन मोड पाइनेछ । टास्मानमा एडास र इलेक्ट्रोनिक लकिङ डिफ्रेन्सियल जस्ता फिचर समेत हुनेछ ।
साथै, यसको इन्टेरियमा १२.३ इन्चको डुअल स्क्रिन, ठूलो प्यानोरामिक सनरुफ, सेन्ट्रल कन्सोलमा फोल्डिङ टेबल, वायरलेस चार्जिङ, र आठ स्पिकर हर्मोन कार्डन प्रिमियम अडियो प्रणाली छ उपलब्ध हुनेछ ।
सो नयाँ पिकअप ट्रकमा जडान गरिएको २.५ लिटर पेट्रोल इन्जिनले २७७ बीएचपी र ४२१ एनएम टर्क जेनेरेट गर्दछ । यसैगरी, २.२ लिटर डिजेल युनिटले २०७ बीएचपी र ४४१ एनएम टर्क दिन्छ । पेट्रोल इन्जिनलाई ८ स्पीड अटोमेटिक गियरसँग जोडिएको छ भने डिजेल इन्जिनमा ८ स्पिड अटो अर्थात ६ स्पिड म्यानुअल गियरबक्सको विकल्प पाउँछ ।
टास्मानले टोयोटा हाइलक्स र ईसुजु भि–क्रस लगायत पिकअप ट्रकसगं प्रतिस्पर्धा गर्ने कम्पनी दाबी छ ।
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
विश्व अटो उद्योगको प्रतिष्ठित मञ्च न्यूयोर्क इन्टरनेसनल अटो शोमा किया...
कियाले चाँडै नै भारतमा अर्को एसयूभी ल्याउने भएको छ । हालको लागि कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...