३६ लाख ८० हजार भारु सम्ममा लन्च भयो टोयोटा हाइलक्स

जापनिज अटो निर्माता टोयोटाले भारतमा उत्पादन गरेको हाइलक्सलाई आज औपचारिक लन्च गरेको छ । केही महिनाअघि सार्बजनिक गरिएको यसको बुकिङ गत जनवरी महिनादेखी नै खुल्ला गरिएको थियो । स्टान्डर्ड र हाई गरी कुल २ ट्रिममा उपलब्ध यसको मूल्य क्रमश ३४ लाख र ३६ लाख ८० हजार भारुसम्म कायम गरिएको छ ।

यो कम्पनीको आईएमवी–२ प्लेटफर्ममा निर्माण गरिएको पिकअप हो । जुन प्लेटफर्ममा टोयोटाले यसअघि इन्नोभा क्राइस्टा र फर्चूनर एसयुभीलाई निर्माण गरिसकेको छ । ५ जनाले यात्रा गर्न मिल्ने यो डबल क्याव पिकअपलाई डिजेल इन्जिनमा मात्र उपलब्ध गराइएको छ ।

टोयोटाले हाइलक्सको ह्विलबेस बढाएर ३०८५ एमएम बनाएको छ । यसको लम्बाई ५३२५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १८६५ एमएम छ । हाइलक्सको ग्राउण्ड क्लियरेन्स २१६ एमएम छ र यसको तौल २.१ टन छ ।

यसमा टोयोटा फर्चुनरमा प्रयोग गरिएको २.८ लिटर, फोर सिलिन्डर टर्बो चार्ज्ड डिजेल इन्जिन जडान गरिएको छ, जसले २०४ एचपी पावर र ४२० एनएम टर्क जेनेरेट गर्छ ।

हाइलक्समा सफ्ट टच मेटरियल, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट, पुश स्टार्टरस्टप बटन, जेबीएल सिस्टम, ड्युअल जोन अटो एसी र लेदरको अपहोल्स्ट्री उपलब्ध छ । यसमा फ्रन्ट पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, अतिरिक्त एयरब्याग, एलएसडी र पावर एडजस्टेबल ड्राइभर सिट समावेश गरिएको छ ।

नेपाली बजारमा समेत निकै नै रुचाइएको यो प्रिमियम पिकअपलाई कम्पनीले अहिले थाइल्यान्डबाट आयत गरी ल्याइरहेको छ । भारतमा उत्पादन भई सार्वजनिक समेत भैसकेका कारण अव उप्रान्त यो भारतबाटै आउन सक्ने देखिएको छ । हाल यसको मूल्य नेपाली बजारमा १ करोड १० लाख रुपैयाँसम्म निर्धारण गरिएकोमा भारतबाट आउँदा यो मूल्य झनै महंगिएर आउनसक्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

पुल्चोकस्थित टोयोटा शोरुममा मनसुन एक्सचेन्ज अफर, के–के छन् सुबिधा

पुल्चोकस्थित टोयोटा शोरुममा मनसुन एक्सचेन्ज अफर, के–के छन् सुबिधा

काठमाडौं–टोयोटा गाडिको ललितपुरस्थित बिक्रेता ग्यालेक्सी अटोमोबाइल्सले...

सानो ल्यान्ड क्रुजर आउँदै

सानो ल्यान्ड क्रुजर आउँदै

काठमाडौं– टोयोटाले आफ्नो लोकप्रिय एसयूभी ल्यान्ड क्रुजरलाई सानो आकारमा...

टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

काठमाडौं – टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...