हाइलक्स ईभीको परिक्षण सुरु, अर्को वर्ष थाइल्यान्डमा लन्च हुने

टोयोटाले आफ्नो लोकप्रिय पिकअप ट्रक हाइलक्सको ईभी भसर्नलाई परिक्षण गर्न सुरु गरेको छ । सो ईभीको अहिले थाइल्यान्डमा परिक्षण भइरहेको कम्पनीले जनाएको छ । टोयोटाले यसलाई २०२५ को अन्त्य सम्ममा लन्च गर्ने बताउँदै आएको छ ।

सन् २०२२ मा यसको कन्सेप्ट प्रदर्शन गरिएको थियो । रिपोर्टका अनुसार उक्त पिकअपको थाइल्यान्डमा ब्यापक परिक्षण भइरहेको छ । उत्पादनमा जानुु अघि हाइलक्स ईभीलाई सार्बजनिक यातायातमा समेत परिक्षण गरिने टोयोटाले जनाएको छ । उक्त परिक्षणबाट यसको कार्य दक्षता प्रमाणित भएपछि मात्र उत्पादन सूरु हुनेछ ।

थाइल्यान्डमा लन्च भएपछि युरोप लगायत अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री हुने कम्पनीको भनाई छ । यसले फोर्ड एफ–१५० लाइटनिङ र इसुजुले लन्च गर्ने तयारी गरेको डी–म्याक्स इलेक्ट्रिक पिकअपसंग प्रतिस्पर्धा गर्नेछ । यो इलेक्ट्रिक पिकअपमा जडान हुने ब्याट्री मोटर र अन्य फिचरका वारेमा टोयोटाले हालसम्म कुनै जानकारी वाहिर ल्याएको छैन ।

अन्तराष्ट्रिय बजारमा लन्च भएपछि सो पिकअप नेपाली बजारमा समेत आउने आनुमान गर्न सकिन्छ । नेपालमा अहिले बिक्री हुँदै आएको हाइलक्सले प्रिमियम पिकअपका रुपमा आफ्नो पहिचान कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

जापानमा हाल चलिरहेको टोक्यो ओलम्पिक २०२१ को अफिसियल स्पोन्सर टोयोटा रहेको...

आयो टोयोटा इनोभा हाइक्रस एमपीभी

आयो टोयोटा इनोभा हाइक्रस एमपीभी

अन्ततः लामो समयदेखि प्रतीक्षित टोयोटाको नयाँ इनोभा हाइक्रस एमपीभी भारतमा...

डिसेम्बरमा नेपाल आउने भयो टोयोटा राइज, कति पर्ला मूल्य

डिसेम्बरमा नेपाल आउने भयो टोयोटा राइज, कति पर्ला मूल्य

काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ एसयूभी राइज बिक्रीका लागि उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...