सस्तो भयो टोयोटा हाइलक्सको वेस भेरिएन्ट, वाँकी दुई भेरिएन्टको मूल्य वढ्यो

टोयोटाले भारतमा हाइलक्स पिकअपको मूल्य हेरफेर गरेको छ । कुल तीन भेरिएन्टमा उपलब्ध यसको वेस भेरिएन्ट एसटिडी एमटीको मूल्य ३ लाख ५९ हजार भारतीय रुपैयाँले कम गरिएको छ भने वाँकी भेरिएन्ट हाई एमटी र हाई एटीमा क्रमश १ लाख ३५ हजार र १ लाख १० हजार भारु वढाइएको छ । भारतमै उत्पादन भएको यो प्रिमियम पिकअपको शुरुवाती मूल्य ३० लाख ४० हजार तोकिएको छ ।

टोयोटाले यो प्रिमियम पिकअपलाई भारतमा अघिल्लो वर्ष लन्च गरेको थियो । उच्च मागका कारण सप्लाई चेनमा समस्या आएपछि कम्पनीले यसको विक्री केही सयमका लागी वन्द समेत गरेको थियो । पछि यसै वर्षको जनवरीदेखी यसलाई बिक्री गर्न थालिएको हो ।

नेपाली बजारमा समेत निकै नै लोकप्रिय वनिरहेको हाइलक्समा २.८ लिटरको डिजेल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २०४ पिएस र टर्क ५०० एनएम रहेको छ । यसमा ६ स्पिड म्यानुअल र टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । यो पिकअपलाई पावर र इको मोडमा चलाउन सकिन्छ ।

टोयोटा हााइलक्समा ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ६ स्पिकर साउन्ड सिस्टम, ८ तवरबाट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट र क्रुज कन्ट्रोल लगायत फिचर उपलब्ध छ । मूल्य कम गरिएको यसको वेस भेरिएन्टमा एलइडी लाइटको सट्टा हेलोजन लाइट दिइएको छ भने म्यानुअल एसी, फेव्रिक सिट र म्यानुअल्लि एड्जस्टेवल ड्राइभर सिट पाउन सकिन्छ ।

सेफ्टिका लागी भने अन्य भेरिएन्ट सरहनै ७ वटा एयर व्याग, इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा लगायत उपलब्ध गराइएको छ । हाइलक्सले इसुजु भी–क्रससंग प्रतिस्पर्धा गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

फ्ल्याटबेड ट्रकमा राखेर ग्राहकको घरमा गाडी डेलिभरी गर्दै टोयोटा

फ्ल्याटबेड ट्रकमा राखेर ग्राहकको घरमा गाडी डेलिभरी गर्दै टोयोटा

ग्राहकले खरिद गरेको ब्राण्ड न्यू कारलाई टोयोटाले अब ग्राहकको ढोकासम्मै...

वागन आर अब टोयोटाले बजारमा ल्याउने, आउँदै छ इलेक्ट्रिक भर्सनमा

वागन आर अब टोयोटाले बजारमा ल्याउने, आउँदै छ इलेक्ट्रिक भर्सनमा

मारुती सुजुकी वागन आर धेरैलाई मन पर्ने गाडी हो । कम मूल्यमा उपलब्ध हुने र...

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...