टोयोटाले ल्यायो ३०४ एचपी पावर भएको कोरोला जिआर

टोयोटाले शक्तिशाली इन्जिन जडान गरेर कोरोला जिआर ल्याएको छ । यो कारमा १.६ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको हो । जसको अधिकतम पावर ३०४ एचपी र टर्क ३७० एनएम रहने जनाइएको छ । यो ह्याचव्याक कारलाई लामोसयमदेखी प्रतिक्षा गरिँदै आएको थियो । गाजो रेसिङ पर्फमेन्स डिभिजनले विकास गरेको यो कारले होन्डा सिभिक टाइप आर र फक्सवागन गल्फ आरसंग प्रतिस्पर्धा गर्नेछ ।

टोयोटाले यसअघि यारिस, सुप्रा र ८६ मोडललाई समेत यो भर्सनमा उतारिसकेको छ । ६ स्पिड म्यानुअल ट्रान्समिसन र अल ह्विल ड्राइभि सिस्टम दिइएको यो नयाँ कारमा ट्रिपल एक्जिट एक्जस्ट, नयाँ मल्टि जेट आयल पिस्टन कुलिङ सिस्टम र ठूलो एक्जस्ट भल्भ जस्ता फिचर्स सामेल गरिएको छ । साथै यसको सर्किट एडिसनमा कार्बन फाइवर वडी प्यानल सहित अन्य मेकानिकल परिबर्तनहरु समेत थप गरिएको छ ।

१८ इन्चको स्पोर्टस ह्विल जडान गरिएको यो शक्तिशाली ह्याचब्याक कारमा मेशिलन ब्रान्डको पाइलट स्पोर्ट टायर दिइएको छ । यो कारले इन्जिन स्टार्ट भएको ५ सेकेन्ड समयमै १ सय किलोमिटरसम्मको गति पकड्न सकने आँकलन गरिएको छ । कारको क्याविनलाई मोटर स्पोर्ट थिममा डिजाइन गरिएको छ ।

जहाँ एउटा आधुनिक र सुबिधासम्पन्न कारमा उपलब्ध हुनपर्ने सबैजसो फिचर्स उपलब्ध गराएको छ । यो कारकाको स्टेरिङ ह्विललाई लेदरले वेरिएको छ भने सिटमा जिआर व्याज लेखिएको छ । एल्मुनियम पेडल जडित यो कारको सर्किट एडिसनमा टोयोटा अध्यक्ष अकियो टोयोडाले हस्ताक्षर गरेको सिफ्ट नव दिइएको छ ।

सम्बन्धित समाचारहरू

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

भारतमा प्लान्ट स्थापना गरी सवारीसाधन उत्पादन गरिरहेका केही बहुराष्ट्रिय...

३६ लाख ८० हजार भारु सम्ममा लन्च भयो टोयोटा हाइलक्स

३६ लाख ८० हजार भारु सम्ममा लन्च भयो टोयोटा हाइलक्स

जापनिज अटो निर्माता टोयोटाले भारतमा उत्पादन गरेको हाइलक्सलाई आज औपचारिक...

टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...