नेपाली बजारमा लन्च भयो टोयोटाको कम्प्याक्ट एसयूभी राइज, मूल्य ६६ लाख देखि ८६ लाख सम्म

काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज लन्च भएको छ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज सार्वजनिक गरेको हो ।

कम्प्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै उत्कृष्ट मोबिलिटी सोलुसनको रुपमा राइज ल्याएको र यसबाट आरामदायी र सुरक्षित अनुभव हुने कम्पनीको भनाइ छ ।

टोयोटा राइज एक पावरफुल र निकै विशेषता भएको प्यासेन्जर कार भएको बताइएको छ । साइजमा सानो भए तापनि यसमा रहेको २ सय एमएम ग्राउन्ड क्लियरेन्स, ४.९ मिटरको टर्निङ रेडियस, ३६९ लिटरको बुट स्पेस र फराकिलो सिटिङ लगायतका फिचरले यसलाई सो क्लासकै उत्कृष्ट मध्येको एक बनाउछ ।

भर्खरै मात्र तयार गरिएको इनलाइन थ्री सिलिन्डर १.२ लिटरको पेट्रोल इन्जिनले टप लेवलको एक्सिलरेसन प्रदान गर्छ भने राइज अटोमेटिक भेरिएन्टमा रहेको सीभीटी गियरबक्सले आरामदायी यात्राको अनुभव प्रदान गर्छ । त्यसैगरी यसमा रहेको १७ इन्चको टायरले निकै पावरफुल महसुस गराउनुका साथै गाडीको स्थिरतामा समेत सहयोग गर्छ ।

राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेस रहेको छ भने इन्टरटेनमेन्टको लागि एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ७ इन्चको डिस्प्ले दिइएको छ । सुरक्षामा पनि उत्तिकै अब्बल फिचर छन् ।

गाडीमा रियरभ्यु क्यामेरा जडित छ भने अगाडि र पछाडि दुई दुई वटा सोनार सेन्सर रहेको छ । त्यसैगरी गाडीमा एबीएस, भेइकल स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोललगायतका अत्याधुनिक फिचरहरु रहेका छन् ।

नेपाली बजारमा १.२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक गरी चार वटा भेरिएन्टमा टोयोटा राइज उपलब्ध हुने कम्पनीको भनाइ छ । यसको मूल्य ६६ लाख देखि ८६ लाख रुपैयाँ सम्म रहेको छ ।

सम्बन्धित समाचारहरू

विर्तामोडमा टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु, इटहरीमा पनि हुने

विर्तामोडमा टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु, इटहरीमा पनि हुने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटाले चाँडै नै मारुती सुजुकीसँग साझेदारीमा मिड साइज एसयूभी सेगमेन्टमा...

अंग्रेजी नयाँ वर्षमा टोयोटाले ल्यायो अफर : यस पटक अटो बजारमा छैन अफरको रौनकता

अंग्रेजी नयाँ वर्षमा टोयोटाले ल्यायो अफर : यस पटक अटो बजारमा छैन अफरको रौनकता

अङ्ग्रेजी नयाँ वर्ष शुरु हुन अव जम्मा ९ दिनमात्र वाँकी छ । यो अवधिमा पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...