टोयोटाको २ एसयूभीले नयाँ कीर्तिमान बनायो, के छ कारण

जापानको कार निर्माता कम्पनी टोयोटा हालै विश्वको सबैभन्दा ठुलो कार निर्माता कम्पनी बनेको छ । गत वर्ष २०२१ मा धेरै देशहरूमा टोयोटाको कार बिक्रीको संख्या सबैभन्दा बढी थियो । कम्पनीको टोयोटा ग्लेन्जा र टोयोटा अर्बन क्रुजरले ग्राहकहरुबाट अत्यधिक प्रतिक्रिया पाएको छ । कम्पनीले विज्ञप्तिमार्फत यी दुई कारको कुल १ लाखभन्दा बढी युनिट बिक्री भएको जनाएको छ ।

कम्पनीको रेकर्ड
टोयोटाले ६५ हजारभन्दा बढी ग्लेन्जा र ३५ हजारभन्दा बढी अर्बन क्रुजर बेच्न सफल भएको छ । ग्लेन्जा र अर्बन क्रुजरले पहिलो पटक टोयोटाको एसयूभी ६६ प्रतिशत बिक्री भएको छ, विशेष गरी टियर आईआई र आईआईआईले बजारको आवश्यकतालाई पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।

ग्लेन्जाको फिचर र मूल्य
टोयोटाले सन् २०१९ मा भारतमा ग्लेन्जा लन्च गरेको थियो । भारतमा यसको एक्स–शोरूम मूल्य ७ लाख ४९ हजार भारु छ । टोयोटा ग्लेन्जा दुई भेरिएन्टमा उपलब्ध छ । ग्लेन्जा टोयोटा र सुजुकीको साझेदारीको पहिलो उत्पादन हो ।

टोयोटा ग्लेन्जाका २ वटै भेरिएन्टमा म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पहरू उपलब्ध छन् ।

अर्बन क्रुजरको फिचर र मूल्य
टोयोटा अर्बन क्रुजर सब–कम्प्याक्ट एसयूभी भारतमा २०२० मा लन्च गरिएको थियो । कम्पनीले यो कार मिड, हाई र प्रिमियम गरी ३ भेरिएन्टमा लन्च गरेको थियो । ३ वटै भेरिएन्टमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ । मिड भेरिएन्टको म्यानुअल ट्रान्समिसनको मूल्य ८ लाख ६३ हजार र अटोमेटिक ट्रान्समिसन मूल्य ९ लाख ८० हजार भारु रहेको छ ।

अर्बन क्रुजरमा मारुती सुजुकी भिटारा ब्रेजामा जस्तै १.५ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले १०३ बीएचपीको पावर र १३८ एनएमको टर्क जेनेरेट गर्छ । जसमा ५ स्पिड म्यानुअल र ४ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

टोयोटाले ल्यायो नयाँ एमपीभी रुमियन

टोयोटाले ल्यायो नयाँ एमपीभी रुमियन

टोयोटाले भारतीय बजारमा नयाँ रुमियन एमपीभी लन्च गरेको छ । कम्पनीले सो...

स्टकमा उपलब्ध छैन टोयोटा हाइलक्स, नयाँ गाडी लिन एक महिना कुर्नुपर्ने

स्टकमा उपलब्ध छैन टोयोटा हाइलक्स, नयाँ गाडी लिन एक महिना कुर्नुपर्ने

काठमाडौं – महंगो र प्रिमियम पिकअपका रुपमा परिचित टोयोटा हाइलक्सको...

टोयोटा हायसको ईभी कन्सेप्ट सार्वजनिक, कार्गो र प्यासेन्जर दुवै भेरिएन्टमा आउने

टोयोटा हायसको ईभी कन्सेप्ट सार्वजनिक, कार्गो र प्यासेन्जर दुवै भेरिएन्टमा आउने

नेपाली सडकमा निकै राम्रो संख्यामा गुड्दै आएको टोयोटा हायस अव ईभी अवतारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...