टोइङ नेपाल बन्यो विश्वकै सबैभन्दा ठूलो अटोमोटिभ सोसाइटी एसएई इन्टरनेसनलको सदस्य

काठमाडौं – बाटोमै बिग्रिएका सवारी साधनलाई उद्धार गरी मर्मत गर्ने कार्यमा संलग्न टोइङ नेपालले विश्वकै सबैभन्दा ठूलो अटोमोटिभ सोसाइटी एसएई इन्टरनेसनलको सदस्यता प्राप्त गरेको छ । एसएई अर्थात सोसाइटी अफ अटोमोटिभ इन्जिनियर्समा विश्वभरका अटोमोटिभ क्षेत्रमा कार्यरत इन्जिनियर र व्यावसायिक व्यक्तिहरु संलग्न छन् ।

एसएई इन्टरनेसनलको सदस्य बनेको टोइङ नेपाल सम्भवतः नेपालकै पहिलो व्यावसायिक संस्था भएको महासचिव प्रवेश पौडेलले बताए । टोइङ नेपालले भेइकल टोइङ गरेर एक स्थानबाट अर्को स्थानमा पु¥याउने र मर्मत गर्ने कार्य गर्नुका साथै सडक सुरक्षाका वारेमा जनचेतना फैलाउने तथा सडक दुर्घटना पीडितहरुका लागि विभिन्न कार्य समेत गर्दै आएको छ ।

निषेधाज्ञाको समयमा समेत टोइङ नेपालले बिरामीको सेवामा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, प्रहरी र यातायात व्यवसायीहरुको सवारी साधन बिग्रिएमा २० प्रतिशत छुटमा उद्धार गरी मर्मत कार्य गरेको थियो ।

सम्बन्धित समाचारहरू

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरा – पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न...

वुमन रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न, नवाङ्ग मोक्तान विजयी

वुमन रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न, नवाङ्ग मोक्तान विजयी

100 Girls In Motorcycling कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ वुमन रेसिङ च्याम्पियनसिप...

नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

काठमाडौं – अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...