टोइङ नेपाल बन्यो विश्वकै सबैभन्दा ठूलो अटोमोटिभ सोसाइटी एसएई इन्टरनेसनलको सदस्य

काठमाडौं – बाटोमै बिग्रिएका सवारी साधनलाई उद्धार गरी मर्मत गर्ने कार्यमा संलग्न टोइङ नेपालले विश्वकै सबैभन्दा ठूलो अटोमोटिभ सोसाइटी एसएई इन्टरनेसनलको सदस्यता प्राप्त गरेको छ । एसएई अर्थात सोसाइटी अफ अटोमोटिभ इन्जिनियर्समा विश्वभरका अटोमोटिभ क्षेत्रमा कार्यरत इन्जिनियर र व्यावसायिक व्यक्तिहरु संलग्न छन् ।

एसएई इन्टरनेसनलको सदस्य बनेको टोइङ नेपाल सम्भवतः नेपालकै पहिलो व्यावसायिक संस्था भएको महासचिव प्रवेश पौडेलले बताए । टोइङ नेपालले भेइकल टोइङ गरेर एक स्थानबाट अर्को स्थानमा पु¥याउने र मर्मत गर्ने कार्य गर्नुका साथै सडक सुरक्षाका वारेमा जनचेतना फैलाउने तथा सडक दुर्घटना पीडितहरुका लागि विभिन्न कार्य समेत गर्दै आएको छ ।

निषेधाज्ञाको समयमा समेत टोइङ नेपालले बिरामीको सेवामा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, प्रहरी र यातायात व्यवसायीहरुको सवारी साधन बिग्रिएमा २० प्रतिशत छुटमा उद्धार गरी मर्मत कार्य गरेको थियो ।

सम्बन्धित समाचारहरू

सातौ ग्लोबल रोड सेफ्टी विकको शुभारम्भ, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने

सातौ ग्लोबल रोड सेफ्टी विकको शुभारम्भ, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने

काठमाडौं – सातौ ग्लोबल रोड सेफ्टी विक (मे १५–२१) को शुरुवात आज नेपालमा समेत...

सडक सुरक्षा सम्बन्धी समीक्षा बैठक सम्पन्न, मोरक्को सम्मेलन पश्चातको कार्य वारे जानकारी आदानप्रदान

सडक सुरक्षा सम्बन्धी समीक्षा बैठक सम्पन्न, मोरक्को सम्मेलन पश्चातको कार्य वारे जानकारी आदानप्रदान

काठमाडौ. – गत फेब्रुअरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धी...

एसिया प्यासिफिक मोटर स्पोर्ट्समा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

एसिया प्यासिफिक मोटर स्पोर्ट्समा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं– एसिया प्यासिफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...