लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं - टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिले आफ्नो च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । टोटल इनर्जिज इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक (निर्यात) पर्बिन कुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकार श्रेष्ठ, निर्देशकहरु अनुकूल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठ र सेल्स हेड सुबोध थापा लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा टोटल इनर्जिज ब्रान्डको विकासका लागि नयाँ योजना, रणनीति र प्रगतिका बारेमा जानकारी गराउँदै डिलर र रिटेलरहरुसँगको सम्वन्धलाई सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो । कम्पनीका अनुसार, देशभरका २०० भन्दा बढी डिलर र रेटलरहरु सहभागी उक्त कार्यक्रम लक्ष्मी ल्युब आयलको हालसम्मकै सबैभन्दा ठूलो डिलर कार्यक्रम हो ।

कार्यक्रमको शुभारम्भ गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाली लुब्रिकेन्ट बजारमा चुनौती र अवसर दुबै भएको बताए । व्यवसायको सफलतामा डिलर तथा रिटेलरहरुको महत्वपूर्ण भुमिका रहने धारणा राख्दै उनले, टोटल इनर्जिजसँगको सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

टोटल इनर्जिज मार्केटिङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जिजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी गराए । साथै उनले, कम्पनीको नविनता, गुणस्तर र पर्यावरणिय उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धताको चर्चा गर्दै अत्याधुनिक प्रविधि र दिगो प्रयोगको माध्यमबाट उत्कृष्ट उत्पादनहरु प्रदान गरिरहेको बारे प्रकाश पारे ।

यसैगरी, पर्बिन कुमार र सुबोध थापाले २०२४ मा भएका विविध गतिविधि तथा नेपालमा बजार विस्तारको योजना र रणनीतिका बारेमा प्रस्तुति दिए । उनीहरुले टोटल इनर्जिज लुब्रिकेन्ट्सको बृद्धिमा डिलरहरुको साथ र समर्थनको महत्वलाई जोड दिए ।

कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरुलाई सम्मान गरिएको थियो । काठमाडौं जोरपाटिस्थित शंकर यमुना अटो पार्ट्सलाई गत वर्षको उत्कृष्ट डिलरको अवार्ड प्रदान गरिएको थियो भने चन्द्रागिरी स्थित चन्द्रागिरी अटो क्लिनिकले उत्कृष्ट रिटेलर र किसान ट्रेडिङ कन्सर्नले उत्कृष्ट ओइएम/फ्लिट अवार्ड हात पारे । उनीहरुलाई प्रमुख अतिथिसहित लक्ष्मी ग्रुपका अध्यक्ष लगायतले अवार्ड हस्तान्तरण गरे ।

कार्यक्रमा सहभागी सम्पूर्ण डिलर तथा रिटेलरहरुलाई उनीहरुले ब्रान्डको प्रवर्धन गर्न निरन्तर गरेको योगदान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम अवधिभर उनीहरुले लक्ष्मी ल्युब आयलसँगको सहकार्यका अनुभवहरु साझा गर्दै कम्पनीको समर्थन, समयमै आपूर्ति र उत्पादनको गुणस्तरप्रतिको प्रतिबद्धतावारे छलफल गरे ।

साे च्यानल पार्टनर्स मिट कार्यक्रमले लक्ष्मी ल्युब आयलको विश्वसनिय वितरकको भूमिकालाई सुदृद्ध बनाउँदै नेपालमा टोटल इनर्जिज लुब्रिकेन्ट्सको बृद्धिका लागि ठोस आधार तयार गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

गल्फ लुब्रिकेन्टले अमलेखगन्जस्थित आफ्नो फ्याक्ट्रीमा दियो मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण

गल्फ लुब्रिकेन्टले अमलेखगन्जस्थित आफ्नो फ्याक्ट्रीमा दियो मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

काठमाडौं–टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब...

कति प्रकारका छन् इन्जिन आयल, कुन छ उत्तम ?

कति प्रकारका छन् इन्जिन आयल, कुन छ उत्तम ?

इन्जिन आयल कुनै पनि गाडीको लागि अति महत्वपुर्ण आयल हो । यसको काम इन्जिनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...