भारतमा ९० प्रतिशत बजार हिस्सा यी ५ ब्राण्डका इलेक्ट्रिक स्कुटरको, नेपालमा भन्दा फरक

भारतमा हरेक महिना इलेक्ट्रिक टु ह्विलरको बिक्री ग्राफ बढ्दै गएको छ । फेब्रुअरी २०२४ को तथ्यांक अनुसार भारतमा ८० हजारभन्दा बढी इलेक्ट्रिक स्कुटर बिक्री भएको छ । ओला इलेक्ट्रिक, टीभीएस मोटर कम्पनी, बजाज अटो, एथर इनर्जी र एम्पियर ग्रिभ्स इलेक्ट्रिक जस्ता कम्पनीको इलेक्ट्रिक स्कुटर सबैभन्दा बढी बिक्री भएको छ र तिनीहरूको बजार हिस्सा लगभग ९० प्रतिशत छ ।

भारतमा हाल करिब १७० कम्पनीको इलेक्ट्रिक स्कुटर र बाइक बिक्री हुन्छ । तर तीमध्ये ५ कम्पनीको इलेक्ट्रिक टु ह्विलर बढी बिक्री हुने गरेको छ । यी ५ कम्पनीले गत फेब्रुअरीमा ७१ हजार ४२८ युनिट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन बिक्री गरेको थियो र यो कुल सङ्ख्याको ८७ प्रतिशत हो ।

फरवरी २०२४ मा ओला इलेक्ट्रिकले भारतीय बजारमा सबैभन्दा बढी ३३ हजार ७२२ युनिट इलेक्ट्रिक स्कुटर बेचेको थियो र यो कुल बिक्रीको ४१ प्रतिशत हो । ओलाले ओला एस१ एयर, ओला एस१एक्स, ओला एस१एक्स प्लस र ओला एस१ प्रो जस्ता इलेक्ट्रिक स्कुटरहरू बिक्री गर्छ । जनवरी २०२४ मा, ओला इलेक्ट्रिकले ३२ हजार २१६ युनिट स्कुटर बेचेको थियो ।

टीभीएस मोटर कम्पनीले यो महिना १४ हजार ४९९ युनिट स्कुटर बिक्री गरेको थियो र कुल बजार हिस्साको १८ प्रतिशत हो । टीभीएसले भारतमा आईक्युब इलेक्ट्रिक स्कुटर बिक्री गर्छ ।

त्यस्तै बजाज अटोले गत महिना भारतमा ११ हजार ६१८ युनिट इलेक्ट्रिक स्कुटर बेचेको थियो, जुन कुल बजारको १४ प्रतिशत हो । बजाजको इलेक्ट्रिक स्कुटर चेतक निकै लोकप्रिय छ । एथर इनर्जीले ८ हजार ९८३ युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ र यसको बजार हिस्सा ११ प्रतिशत छ । एम्पियरको इलेक्ट्रिक स्कुटर २ हजार ६०६ युनिट बिक्री भएको छ ।

नेपालमा भने यो भन्दा फरक दृश्य छ । नेपाली बजारको आधिकारिक तथ्यांक सार्वजनिक नहुने भएकाले यकिन तथ्यांक पाइदैन । तर भारतमा जस्तो ओला, टीभीएस, एथर, बजाज र एम्पियर ब्रान्डको स्कुटर धेरै संख्यामा बिक्री हुँदैन ।

ओलालाई चौधरी ग्रुपले भित्र्याउने घोषणा गरे पनि अझै औपचारिक रुपमा भित्र्याएको छैन । टीभीएसको आईक्युब इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भए पनि त्यस्तो राम्रो बजार लिएको छैन ।

बजाजले अहिले सम्म स्कुटर नै भित्र्याएको छैन । एथर केही महिना पहिले मात्र नेपालमा भित्रिएको छ भने एम्पियर पहिले भित्रिएर फेरि अहिले अर्को आयातकर्ताले भित्र्याएको छ ।

नेपाली बजारमा केही भारतीय र अधिकांश चाइनिज ब्रान्डका इलेक्ट्रिक स्कुटर धेरै बिक्री भएको पाइन्छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका...

फेरारी सीईओले भने – फेरारीका इलेक्ट्रिक कारमा विशेष प्रकारको फेरारी साउन्ड हुनेछ

फेरारी सीईओले भने – फेरारीका इलेक्ट्रिक कारमा विशेष प्रकारको फेरारी साउन्ड हुनेछ

विश्व प्रसिद्ध कार निर्माता कम्पनी फेरारीले सन् २०२५ मा कम्पनीको पहिलो...

जेइको जे५ ईभीको डेलिभरी सुुरु

जेइको जे५ ईभीको डेलिभरी सुुरु

काठमाडौं – नेपालका लागि ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...