कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

नेपाली बजारमा नयाँ विकल्पको रुपमा बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटर भित्रिएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो स्कुटर भित्र्याएको हो ।

बजाजले भारत वाहेक अन्य देशमा पहिलो पटक यो स्कुटर उपलब्ध गराएको हो । नेपाली बजारमा अन्य ब्रान्डका इलेक्ट्रिक स्कुटर भए पनि बजाज जस्तो प्रतिष्ठित ब्रान्डको स्कुटर भित्रिए पछि यसको चर्चा समेत चलेको छ ।

यसमा भएका विभिन्न विशेषतालाई यस प्रकार प्रस्तुत गर्न सकिन्छ ।

शक्तिशाली ब्याट्री र लामो रेन्जः बजाज चेतक ३५०१ मा ३.५ किलोवाट आवरको उच्च क्षमताको ब्याट्री जडान गरिएको छ। यसले सिंगल चार्जमा १५३ किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्छ। लामो दूरीको यात्रा गर्नेहरूका लागि पनि यो एउटा भरपर्दो विकल्प बन्न सक्नेछ ।

फास्ट चार्जिङ सुविधाः यसमा फास्ट चार्जिङ टेक्नोलोजी उपलब्ध छ। यसको माध्यमबाट, स्कुटरलाई ८० प्रतिशतसम्म मात्र ३ घण्टामै चार्ज गर्न सकिन्छ। यसले राइडरहरूलाई कम समयमा बढी रेन्ज प्राप्त गर्न मद्दत गर्छ ।

टिकाउपन र हरेक मौसमका लागि उपयुक्तः नेपालको विविध भूभाग र बदलिँदो मौसमलाई ध्यानमा राखेर, बजाज चेतक ३५०१ लाई फुल–मेटल बडीसहित निर्माण गरिएको छ। यसका साथै, यसमा आईपी ६७ रेटेड वाटर रेजिस्टेन्स सुविधा रहेको छ। यसको अर्थ, पानी, धुलो र अन्य वातावरणीय प्रभावबाट स्कुटर सुरक्षित रहन्छ, जसले गर्दा यो नेपालको विभिन्न मौसमका लागि अत्यन्तै उपयुक्त र टिकाउ मानिन्छ।

विशाल भण्डारण क्षमता र आरामदायी डिजाइनः स्कुटरको सबैभन्दा ठूलो समस्या भनेको सामान राख्ने ठाउँको कमी हो। बजाज चेतक ३५०१ ले यो समस्या समाधान गरेको छ। यसमा रहेको अल–न्यु फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण, यो सेगमेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डर सिट स्टोरेज उपलब्ध छ। यसले स्पेस र कम्फर्ट दुवै दृष्टिकोणले राइडरलाई सहजता प्रदान गर्छ।

स्मार्ट फिचर र अत्याधुनिक प्रविधिः बजाज चेतक ३५०१ केवल एक स्कुटर मात्र होइन, यो एक स्मार्ट सवारीसाधन हो। यसमा उपलब्ध विभिन्न टेकप्याक प्रयोग गरेर इन्टेलिजेन्ट फिचर अनलक गर्न सकिन्छ। यसमा इन्टिग्रेटेड नेभिगेसन, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज र कल ह्यान्डलिङसहितको स्मार्ट टीएफटी टचस्क्रिन कन्सोल रहेको छ।

एड्भान्स्ड सेफ्टी टेक्नोलोजीः सुरक्षामा कुनै सम्झौता नगरी, चेतक ३५०१ मा रिमोट इम्मोबिलाइजेसन, गाइड–मी–होम लाइट्स, जिओ–फेन्सिङ, एन्टी–थेफ्ट प्रोटेक्सन र एक्सिडेन्ट डिटेक्सन लगायतका एड्भान्स्ड सेफ्टी टेक्नोलोजीको प्रयोग गर्न सकिन्छ। यसले राइडरको सुरक्षा सुनिश्चित गर्छ।

बजाज चेतक इलेक्ट्रिक स्कुटरको वारेमा बुझ्न र अनुभव गर्न काठमाडौंको नक्सालस्थित अत्याधुनिक कस्टमर एक्सपेरियसन्स जोन निर्माण गरिएको छ । विभिन्न डिलरमार्फत सो स्कुटर बुकिङ पनि गर्न सकिन्छ । यसको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

आगामी साउन २१ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा समेत यो स्कुटर प्रदर्शन हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

काइनेटिक लुना अब नयाँ टेक्नोलोजी र फिचरसहित इलेक्ट्रिक भर्सनमा आउने

काइनेटिक लुना अब नयाँ टेक्नोलोजी र फिचरसहित इलेक्ट्रिक भर्सनमा आउने

कुनै समयमा निकै नै लोकप्रिय मोपेड काइनेटिक लुना नयाँ टेक्नोलोजी र...

लक्जरी कार बजारमा बीएमडब्लु र मर्सिडिजलाई पछि पा-यो सेरेसले

लक्जरी कार बजारमा बीएमडब्लु र मर्सिडिजलाई पछि पा-यो सेरेसले

हाई–इन्ड कार बिक्रीका आधारमा स्थापना भएको चार वर्षको अवधिमै लक्जरी कार...

यस्तो छ दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जितेको ओमोडा ई५ कार (फिचर र मूल्यसहित)

यस्तो छ दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जितेको ओमोडा ई५ कार (फिचर र मूल्यसहित)

काठमाडौं–सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...