भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ । सो महिना मारुती सुजुकी फ्रङ्क्स २१ हजार ४६१ युनिट बिक्री भई पहिलो स्थानमा छ । गत वर्षको समान अवधिमा यसको १४ हजार १६८ युनिट बिक्री भएको थियो । साथै हुन्डाईको क्रेटा १६ हजार ३१७ युनिट बिक्री गरी मिडसाइज एसयूभी सेगमेन्टमा आफ्नो प्रभुत्व कायम राखेको छ ।

सोही महिना मारुती सुजुकी ब्रेजा १५ हजार ३९२ युनिट बिक्री गरी सूचीमा तेस्रो स्थानमा छ । मारुती ब्रेजामा हालै ६ एयरब्यागको साथमा अपडेट गरिए तापनि यसको बिक्रीमा २ प्रतिशतले गिरावट आएको छ । टाटाको नेक्सन एसयूभी सूचीमा चौथो स्थानमा छ।

टाटा नेक्सनको बिक्री पनि ७ प्रतिशतले घटेको छ । अर्कोतिर एक समय लगातार राम्रो प्रदर्शन गर्ने टाटा पन्च पाँचौ स्थानमा झरेको छ । माइक्रो एसयूभी टाटा पन्च बिक्रीमा २१ प्रतिशत गिरावट भएको छ । गत फेब्रुअरीमा पन्च १८ हजार ४३८ युनिटबाट घटेर १४ हजार ५५० युनिटमा झरेको छ ।

महिन्द्रा लाइनअपमा लामो समयदेखि लोकप्रिय एसयूभी स्कोर्पियोको बिक्री पनि घटेको छ । यसको कुल १३ हजार ६१८ युनिट बिक्री भयो, जो १० प्रतिशतले घटेको छ । मारुती सुजुकीको ग्रान्ड भिटाराको बिक्री पनि ३ प्रतिशतले घटेर सूचीमा सातौ स्थानमा छ ।

हुन्डाईको भेन्यु १० हजार १२५ युनिट बिक्री गरी आठौ स्थानमा परेको छ । तर महिन्द्राको थार गत वर्षको तुलनामा ५९ प्रतिशत वृद्धि भएको छ । फेब्रुअरी २०२४ मा ५ हजार ८१२ युनिट बिक्री गरेको थियो भने यो वर्ष फेब्रुअरीमा ९ हजार २४८ युनिट बिक्री भएको छ ।

यो वर्ष महिन्द्रा एक्सयूभी थ्रीएक्सओले राम्रो प्रदर्शन गरेको छ र ७ हजार ८६१ युनिट बिक्री गरी ८६ प्रतिशत बढेको छ । अघिल्लो वर्षको समान अवधिमा केवल ४ हजार २१८ युनिट बिक्री भएको थियो ।

सम्बन्धित समाचारहरू

तीजमा महिलाका लागि महिन्द्रा गाडीमा निःशुल्क सर्भिसिङ उपलब्ध गराइने

तीजमा महिलाका लागि महिन्द्रा गाडीमा निःशुल्क सर्भिसिङ उपलब्ध गराइने

काठमाडौं – आगामी भाद्र २४ गते पर्ने तीजको अवसरमा महिन्द्रा गाडीमा...

नेपाली सडकमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप

नेपाली सडकमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्ये एक हो ‘महिन्द्रा...

भारतमा लन्च भयो महिन्द्रा बोलेरो नियो, टीयूभी ३०० लाई प्रतिस्थापन गर्ने

भारतमा लन्च भयो महिन्द्रा बोलेरो नियो, टीयूभी ३०० लाई प्रतिस्थापन गर्ने

महिन्द्राले भारतीय बजारमा नयाँ बोलेरो नियो सबकम्प्याक्ट एसयूभी लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...