२०२३ मा थाइल्यान्डमा बिक्री भएका टप १० ईभी : बीवाईडी एट्टो ३ पहिलो, नेटा भी दोस्रो

सन् २०२३ मा थाइल्यान्डमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार अर्थात ईभी बीवाईडी एट्टो ३ बनेको छ । सो वर्ष थाइल्यान्डमा १९ हजार २१४ बीवाईडी एट्टो ३ बिक्री भएका छन् ।

त्यसैगरी दोस्रो नम्बरमा नेटा भी रहेको छ । थाइल्यान्डको बजारमा यो वर्ष १२ हजार ७७७ नेटा भी बिक्री भए ।

तेस्रो नम्बरमा बीवाईडीकै डल्फिन, चौथो नम्बरमा ओरा गुडक्याट र पाँचौ स्थानमा टेस्ला मोडल वाई रहेका छन् । यी ईभी क्रमशः ९ हजार ४१०, ६ हजार ७१२ र ५ हजार ८८१ युनिट बिक्री भएका छन् ।

४ हजार ८३३ युनिट बिक्री भएर छैटौं स्थानमा एमजी ४ इलेक्ट्रिक रहेको छ भने ४ हजार ४७५ युनिट बिक्री भएर सातौ स्थानमा एमजीकै एमजी ईपी रहेको छ ।

आठौं स्थानमा टेस्ला मोडल ३ रहेको छ भने नवौं स्थानमा बीवाईडी सिल रहेको छ । यी ईभी क्रमशः २ हजार ३२४ र १ हजार ८१० युनिट बिक्री भए । दसौं स्थानमा एमजी जेडएस ईभी रहेको छ । एमजी जेडएस ईभी यो वर्ष १ हजार ७५३ युनिट बिक्री भए ।

अटोलाइफ थाइल्यान्डले गरेको रिपोर्ट अनुसार गत वर्ष थाइल्यान्डमा ७६ हजार ३१४ ईभी दर्ता भए, जुन समग्र सवारी साधन दर्ताको १२.०२ प्रतिशत हो । त्यसैगरी सन् २०२२ को तुलनामा २०२३ मा ईभी बिक्री ६८४ प्रतिशत बढी भयो ।

सन् २०२२ मा ९ हजार ७२९ ईभी बिक्री भएका थिए भने सन् २०२१ मा १ हजार ९३५ ईभी मात्र बिक्री भएका थिए ।

सम्बन्धित समाचारहरू

यी हुन् मारुती सुजुकीले ल्याउने पहिलो इलेक्ट्रिक एसयूभीसँग जोडिएका तथ्यहरु

यी हुन् मारुती सुजुकीले ल्याउने पहिलो इलेक्ट्रिक एसयूभीसँग जोडिएका तथ्यहरु

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी करिब २ वर्षदेखि निरन्तर परीक्षण...

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

सन् २०२३ को वर्ल्ड कार ग्रुप -याङकिङङमा टोयोटाको बर्चस्व देखिएको छ । यसमा...

फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

जर्मन कार निर्माता कम्पनी फक्सवागनले हालै नयाँ इलेक्ट्रिक कुपे एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...