एनआईयूका विद्युतीय स्कुटर खरिद गर्न राइडरलाई टुटलले ५० हजार सहयोग गर्ने

काठमाडौं – राइड सेयरिङ प्लेटफर्म टुटलले राइडरहरुलाई एनआईयू ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्नका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

यसका लागि टुटल र एनआईयूको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी बिच एक साझेदारीको घोषणा भएको छ ।

यसले प्रयोगकर्तालाई दैनिक यात्राका क्रममा पर्यावरण- अनुकूल विकल्प छनौट गर्न र आफ्ना कारण हुने कार्बन उत्सर्जन घटाउन सहयोग पुर्‍याउनेछ । टुटलले आफ्ना राइडरहरूका लागि "हन्ट" (Hunt) नामक नयाँ लक्ष समेत घोषणा गरेको छ ।

जसले सबैभन्दा धेरै राइड पूरा गर्न र कमाई बढाउन सहयोग पुर्‍याउनेछ । दैनिक, साप्ताहिक वा मासिक रूपमा त्यस्ता लक्ष रहने बताइएको छ । "प्रत्येक हन्ट समापनमा राइडरलाई उनीहरूले पूरा गरेका लक्षको आधारमा नगद पुरस्कार प्रदान गरिनेछ । यसबाट राइडरहरूको आयमा ‌बृद्धि हुनेछ," कम्पनीले अगाडि भनेको छ ।

५० प्रतिशत राइडरहरू विद्युतीय सवारीमा परिवर्तन होऊन् भन्ने आफ्नो चाहना भएको टुटलका प्रबन्ध निर्देशक रुबिक जोशीले बताए । "जसले भविष्यमा देशको वातावरणलाई सुधार्न मद्दत गर्नेछ," उनले भने । "भावी पुस्ताका लागि हरित र स्वच्छ वातावरण बनाउने यो हाम्रो सानो पहल हो ।"

यात्रुहरूलाई विद्युतीय सवारी प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ टुटलले तीन महिने अभियान समेत सुरु गरेको छ । जसमा राइडरहरूले न्यु स्कुटर जित्नका लागि अभियान अवधिभर ३०० राइड पूरा गर्नु पर्नेछ ।

वातावरणमैत्री यातायातको प्रवर्द्धन गरी स्वच्छ वातावरणलाई बढावा दिने र नेपालको यातायात परिदृश्यमा क्रान्ति ल्याउने उद्देश्यका साथ यस किसिमको सहकार्य थालिएको टुटलले जनाएको छ ।

सम्बन्धित समाचारहरू

इटहरीमा दिपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज, अत्याधुनिक ईभी र मानव रोबोट अनुभव गर्न पाइने

इटहरीमा दिपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज, अत्याधुनिक ईभी र मानव रोबोट अनुभव गर्न पाइने

इटहरी – नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दावी गरिएको कम्पनी दिपलले कोशी...

३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी

३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी

चीनको बीवाईडी अटो र मर्सिडिज–बेन्जको ज्वाइन्ट भेन्चरको रुपमा रहेको...

चितवन महोत्सबमा स्काइवेलको १ करोडको गाडी डेलिभरी

चितवन महोत्सबमा स्काइवेलको १ करोडको गाडी डेलिभरी

चितवन महोत्सवमा स्टल राखिएको स्काइवेलको स्टलमार्फत नेपालमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...