जानौ कारको ह्यान्डब्रेक लगाउने सही तरिका

कार पार्किङ गर्दा कारको ह्यान्डब्रेक लगाउन कहिल्यै बिर्सनु हुँदैन । ह्यान्डब्रेक प्रयोग गर्नु राम्रो ड्राइभिङ बानीमा आउँछ । ह्यान्डब्रेकका कारण कारको चारै टायरमा ब्रेक लगाइएको हुन्छ तर कतिपय कारमा पछाडिको टायरमा मात्र ब्रेक हुन्छ ।

कारमा म्यानुअल ह्यान्डब्रेक आउने भए तापनि अहिले केही प्रिमियम कारमा विद्युतीकरण गरिएको छ, तर ९० प्रतिशतभन्दा बढी सवारी साधनमा म्यानुअल दिइएको छ । म्यानुअल ह्यान्डब्रेक प्रयोग गर्दा अक्सर गल्तीले सेट गरिन्छ । यसो गर्दा ह्यान्डब्रेक चाँडै बिग्रन्छ ।

ह्यान्डब्रेक सेट गर्न लिभरलाई माथि ताने पुग्छ । माथि तान्ने समयमा रिलिज बटन थिच्नु हुँदैन । ह्यान्डब्रेकमा दाँती ह्विल हुन्छ र जब ह्यान्डब्रेक उठाइन्छ, शाफ्ट लक र अनलक भएको आवाज आउँछ । यो आवाज आउनु पर्छ । यसले ह्यान्डब्रेक ठीकसँग काम गरिरहेको छ भन्ने देखाउँछ । यदि आवाज आएको छैन भने ह्यान्डब्रेक सेट भएको हुँदैन र कार असुरक्षित हुन्छ ।

ह्यान्डब्रेकलाई रिलिज बटन नथिचि जबरजस्ती तल झार्ने कोसिस गर्नु हुँदैन । यसले लिभरमा भार पर्न सक्छ । रिलिज गर्नका लागि यसमा भएको रिलिज बटन थिचि सजिलै तल झार्न सकिन्छ ।

रिलिज बटन थिच्दा टायरबाट ह्यान्डब्रेक छुट्ने भएकाले खुट्टाको ब्रेक समाई राख्नुपर्छ । झुकिएर कहिल्यै पनि कारलाई रेस दिनु हुँदैन । यसो गर्दा कारको ब्रेक प्याड, टायर र इन्जिनमा क्षति पुग्छ ।

सम्बन्धित समाचारहरू

अगस्त १७, १८९६ : कार दुर्घटनामा पैदल यात्री मारिएको पहिलो दिन

अगस्त १७, १८९६ : कार दुर्घटनामा पैदल यात्री मारिएको पहिलो दिन

सन् १८९६ को अगस्त १७ का दिन दुर्भाग्यवस ब्रिजेट ड्रिस्कोल सडकमा निस्किए र...

हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता

हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता

काठमाडौं – गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र...

घरैमा धुन सकिन्छ बाइक :  तर यी ४ कुरामा विशेष ध्यान दिनुस्

घरैमा धुन सकिन्छ बाइक : तर यी ४ कुरामा विशेष ध्यान दिनुस्

सहर होस् वा गाउँ, बाइक सबैका लागि अति आवश्यक साधन बनेको छ । बाइकलाई समय समयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...