तपाईको बाइकमा इन्जिन किल स्विच छ ? यसरी गर्नुस् प्रयोग, नत्र समस्या आउन सक्छ

आधुनिक बाइकमा कम्पनीले इन्जिन किल स्विच दिइरहेका छन् । इन्जिन किल स्विच सामान्यतया मोटरसाइकलमा ह्यान्डलको दाहिने छेउमा राखिन्छ । यो एउटा सानो बटन हो जसलाई थिचेर इन्जिन रोक्न सकिन्छ ।

बाइकमा इन्जिन किल स्विच छ भने, इन्जिन बन्द गर्न बाइकको साँचो बाहिर निकाल्नु पर्दैन र यसले इन्जिन बन्द गर्ने र अन गर्ने प्रक्रियालाई सजिलो बनाउँछ । यदि यसलाई राम्रोसँग प्रयोग गरिएन भने यसले बाइकको इन्जिनलाई पनि क्षति पु¥याउन सक्छ ।

इन्जिन किल स्विचले बाइकको इग्निसन क्वाइलसँगको सम्पर्क टुटाउछ, जसले गर्दा इन्जिन बन्द हुन्छ । कतिपय अवस्थामा यसको गलत प्रयोगले बाइकलाई नोक्सान पु¥याउन सक्छ ।

इन्जिन किल स्विच बारम्बार थिच्दा बाइकको परफर्मेन्समा असर पर्छ । चलिरहेको बाइकमा पनि किल स्विच थिचेर इन्जिन रोकियो भने यसले इन्जिनमा पनि असर गर्छ । यदि यो बारम्बार गरियो भने, इन्जिन स्टार्टर फेल हुन सक्छ र ब्याट्री पनि समय भन्दा पहिले नै समाप्त हुन सक्छ ।

यद्यपि यसो गर्दा बाइकमा तुरुन्तै असर पर्दैन, तर लामो समयपछि बाइकको प्रदर्शन घट्न थाल्छ र केही उपकरणहरू बिग्रन थाल्छ ।

कसरी किल स्विच प्रयोग गर्ने ?
– चलिरहेको बाइकमा इन्जिन किल स्विच प्रयोग नगर्नुहोस् । जब बाइक रोकिन्छ, स्विच थिचेर इन्जिन रोक्नुहोस् ।

– बाइक दुर्घटना हुँदा इन्जिन किल स्विच थिचेर इग्निसन बन्द गर्न सकिन्छ र इन्जिन क्षतिबाट बच्न सकिन्छ ।

– आफ्नो औलाले किल स्विचलाई दबाउने प्रयास गर्नुस् । यसो गर्दा ह्यान्डलबाट हात नउठाएरै इग्निसन बन्द गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...