तपाईको बाइकमा इन्जिन किल स्विच छ ? यसरी गर्नुस् प्रयोग, नत्र समस्या आउन सक्छ

आधुनिक बाइकमा कम्पनीले इन्जिन किल स्विच दिइरहेका छन् । इन्जिन किल स्विच सामान्यतया मोटरसाइकलमा ह्यान्डलको दाहिने छेउमा राखिन्छ । यो एउटा सानो बटन हो जसलाई थिचेर इन्जिन रोक्न सकिन्छ ।

बाइकमा इन्जिन किल स्विच छ भने, इन्जिन बन्द गर्न बाइकको साँचो बाहिर निकाल्नु पर्दैन र यसले इन्जिन बन्द गर्ने र अन गर्ने प्रक्रियालाई सजिलो बनाउँछ । यदि यसलाई राम्रोसँग प्रयोग गरिएन भने यसले बाइकको इन्जिनलाई पनि क्षति पु¥याउन सक्छ ।

इन्जिन किल स्विचले बाइकको इग्निसन क्वाइलसँगको सम्पर्क टुटाउछ, जसले गर्दा इन्जिन बन्द हुन्छ । कतिपय अवस्थामा यसको गलत प्रयोगले बाइकलाई नोक्सान पु¥याउन सक्छ ।

इन्जिन किल स्विच बारम्बार थिच्दा बाइकको परफर्मेन्समा असर पर्छ । चलिरहेको बाइकमा पनि किल स्विच थिचेर इन्जिन रोकियो भने यसले इन्जिनमा पनि असर गर्छ । यदि यो बारम्बार गरियो भने, इन्जिन स्टार्टर फेल हुन सक्छ र ब्याट्री पनि समय भन्दा पहिले नै समाप्त हुन सक्छ ।

यद्यपि यसो गर्दा बाइकमा तुरुन्तै असर पर्दैन, तर लामो समयपछि बाइकको प्रदर्शन घट्न थाल्छ र केही उपकरणहरू बिग्रन थाल्छ ।

कसरी किल स्विच प्रयोग गर्ने ?
– चलिरहेको बाइकमा इन्जिन किल स्विच प्रयोग नगर्नुहोस् । जब बाइक रोकिन्छ, स्विच थिचेर इन्जिन रोक्नुहोस् ।

– बाइक दुर्घटना हुँदा इन्जिन किल स्विच थिचेर इग्निसन बन्द गर्न सकिन्छ र इन्जिन क्षतिबाट बच्न सकिन्छ ।

– आफ्नो औलाले किल स्विचलाई दबाउने प्रयास गर्नुस् । यसो गर्दा ह्यान्डलबाट हात नउठाएरै इग्निसन बन्द गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ मा लन्च गरियो लन्च स्क्यानर, फ्युल इन्जेक्टर र न्युमेटिक टुल लगायतका उपकरण

नाडा अटो शो २०२५ मा लन्च गरियो लन्च स्क्यानर, फ्युल इन्जेक्टर र न्युमेटिक टुल लगायतका उपकरण

काठमाडौं – विश्व प्रख्यात लन्च ब्रान्डको स्क्यानर नेपाली बजारमा...

यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

सवारी साधनमा धेरै फिचर छन्, जुन दैनिक जीवनमा विरलै प्रयोग गरिन्छ । कम्पनीले...

ड्राइभिङको समयमा कार पानीमा डुबेमा के गर्ने ?

ड्राइभिङको समयमा कार पानीमा डुबेमा के गर्ने ?

पुल भत्किँदा र सडकमा बाढी आउँदा कयौंपटक कठिन अवस्थाको सामना गर्नुपर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...