ड्राइभिङ टिप्स : यसरी समाउन सिकौ स्टेयरिङ ह्विल

के तपाईं कार ड्राइभ गर्न सिक्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कारको स्टेयरिङ ह्विल समाउने तरिका सबैभन्दा पहिले सिक्नु आवश्यक हुन्छ । ड्राइभिङको समयमा स्टेयरिङ ह्विल समाउने सही तरिकाले अहम भूमिका खेलेको हुन्छ । जसले चालकलाई सुरक्षा प्रदान गर्न पनि मद्दत गर्छ ।

गाडी ड्राइभिङ सिक्दै गरेका अधिकांश चालकले ड्राइभिङको समयमा दुबै हातले एकदमै विपरित दिशामा स्टेयरिङ ह्विल समाएका हुन्छन् । अर्थात उनीहरुले एक छेउ र अर्को छेउमा ह्विल समातेका हुन्छन् । तर यसले गर्दा कार मोड्ने समयमा स्टेयरिङ ह्विल बढी घुमाउन सक्ने सम्भावना पनि हुन्छ । कतिपय अवस्थामा चालक परफेक्ट भइसके पछि पनि दुबै हातले स्टेयरिङ ह्विल समाउने गर्छन् । यद्यपि यो तरिका गलत हो ।

स्टेयरिङ ह्विलमा नब अर्थात स्टेयरिङ ह्यान्डल जडान गर्नु पनि गलत तरिका हो । जसको मद्दतले एउटै हातले स्टेयरिङ मोड्न सकिन्छ । यद्यपि यो तरिका प्रो–ड्राइभरको लागि राम्रो विकल्प हो । तर, नयाँ चालकको लागि स्टेयरिङ ह्यान्डलले दुर्घटना पार्न सक्ने सम्भावना बढी हुन्छ ।

यदि तपाईं कार चलाउन सिक्दै हुनुहुन्छ भने जहिले पनि स्टेयरिङ तलबाट हातले समाउनु पर्छ । यो नै स्टेयरिङ समाउने सही तरिका हो । यसले गर्दा शिकारु चालकले कहिल्यै पनि आवश्यकता भन्दा बढी स्टेयरिङ घुमाउँदैनन् र स्टेबल ड्राइभिङ गर्न सकिन्छ । सो तरिकालाई पछ्याउँदा कारलाई सही तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावरबाट चल्ने सबै कार फेज आउट गर्ने भएको छ ।...

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल किन्नुजस्तो सजिलो हुँदैन सवारी साधन किन्न । अटोमोबाइल अन्तर्गत अझ...

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...