सुपर बाइक जस्तै सुजुकी बर्गम्यान इलेक्ट्रिक स्कुटर, सिंगल चार्जमा १०० किलोमिटर दुरी तय गर्ने
जापानी अटोमोबाइल कम्पनी सुजुकीले चाँडै नै वर्गम्यान इलेक्ट्रिक स्कुटर...
कोरोना भाइरसको महामारीको कारणले गर्दा निषेधाज्ञाको स्थिति पैदा भएको छ । यस्तो बेलामा बाइक घरमा राख्दा राख्दै बाइकमा समस्या आउने खतरा रहन्छ । धेरै दिनसम्म बाइक नचलाई राख्दा बाइक स्टार्ट गर्न गाह्रो हुन्छ ।
यसको मुख्य कारण बाइकको ब्याट्री डाउन हुनु हो । बाइकको ब्याट्री डाउन हुनुका साथै अन्य कारणले पनि बाइक स्टार्ट गर्न गाह्रो हुन्छ । यसको लागि घरमै केही उपाय अपनाउन सकिन्छ ।
बाइकमा हुने स्पार्क प्लग महत्वपुर्ण हिस्सा हो । सो प्लग समय समयमा जाँच गरिरहनु पर्छ । बाइकलाई लामो समयसम्म त्यतिकै राख्दा उक्त प्लगबाट स्पार्क निस्कन बन्द हुन्छ । जसको कारणले गर्दा बाइक स्टार्ट हुन समय लाग्छ वा स्टार्ट हुँदैन ।
यदि बाइक स्टार्ट नभएमा स्पार्क प्लगमा जम्मा भएको फोहोरलाई सफा गर्नुपर्छ । सो समस्यालाई घरमा पनि ठिक गर्न सकिन्छ । यसको लागि बाइकमा रहेको मिनी टुल किटको मद्दतले स्पार्क प्लग खोल्नु पर्छ । त्यसपछि त्यहाँ जम्मा भएको फोहोरलाई पेट्रोलको मद्दतले सावधानीपूर्वक धुनुहोस् । सफा गरिसके पछि स्पार्कलाई पुन लगाउनुहोस् र किकको मद्दतले बाइक स्टार्ट गर्नुहोस् ।
लकडाउनमा स्पार्क प्लग खराब हुने हुँदा घरमा नै अतिरिक्त स्पार्क प्लग राख्नु उचित हुन्छ । केही कारणवंश स्पार्क प्लग खराब भएमा वर्कसपमा नगई आफैले सो स्पार्क प्लग परिवर्तन गर्न सकिन्छ । यसको लागि केही टुल हुनु अति जरुरी छ । साधारण प्रक्रियाबाट बाइकको स्पार्क प्लग परिवर्तन गर्न सकिन्छ ।
जापानी अटोमोबाइल कम्पनी सुजुकीले चाँडै नै वर्गम्यान इलेक्ट्रिक स्कुटर...
काठमाडौं – नेपालमा ह्यावल, पावर र ओरा लगायत ग्रेटवाल मोटर अर्थात...
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले जापानको ईभी बजारमा महत्वपूर्ण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...