पञ्चकन्याले अब ओएलएसका वर्कशप टुल्स र इक्विपमेन्ट बिक्री गर्ने
काठमाडौं – वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित...
कार किन्दा ध्यान दिनु पर्ने धेरै कुराहरु छन् । विशेष गरी कारको ब्रान्ड पश्चात इन्टेरियर, एक्सटेरियर, इन्जिन र यसको सेफ्टी टेक्नोलोजीको वारेमा पनि धेरैले ध्यान दिन्छन् ।
यी सबैभन्दा पनि अझै महत्वपूर्ण र रोचक पक्ष भने कारको कलर अर्थात रङ हो । कुन कलरको कार किन्ने भन्ने धेरैको दिमागमा आउछ । धेरैलाई थाहा नहुन सक्छ, कारको कलरले पनि भविष्यमा कार दुर्घटना हुने वा नहुनेमा धेरै भूमिका खेलेको हुन्छ । धेरै अनुसन्धानले यस्तो देखाएको छ ।
केली ब्लु बुक अनुसार सबैभन्दा लोकप्रिय कार कलर सिल्भर हो भने ह्वाइट कलर दोस्रोमा आउछ । तर सुरक्षाको सन्दर्भमा भने सिल्भर भन्दा ह्वाइट नै राम्रो मानिन्छ । मोनास युनिभर्सिटीको एक्सिडेन्ट रिसर्च सेन्टरले गरेको अध्ययनको आधारमा यो निष्कर्ष निकालिएको हो ।
अध्ययन अनुसार ब्ल्याक कलरको कारको तुलनामा ह्वाइट कलरको कार दुर्घटना हुने सम्भावना १२ प्रतिशत कम हुन्छ । क्रिम, एल्लो र बेइज कलरका कार ह्वाइट कलर पछिका सुरक्षित कलर मानिन्छन् । यद्यपि कुनै अध्ययनमा भने ह्वाइट भन्दा पनि एल्लो कलर बढी सुरक्षित भएको पनि पाइएको छ ।
ब्ल्याक वाहेक ह्वाइट भन्दा खतरनाक मानिएका अन्य कार कलरहरुमा ग्रे, सिल्भर, ब्लु र रेड हुन् । ह्वाइट भन्दा ग्रे ११ प्रतिशत, सिल्भर १० प्रतिशत, ब्लु ७ प्रतिशत र रेड पनि ७ प्रतिशत बढी खतरनाक हुन्छन् ।
कलरको आधारमा हेर्दा उज्यालो कलरको कार बढी सुरक्षित भएको पाइन्छ । यसको अर्थ यी कार बढी भिजिबल हुन्छन् । डार्क कलरका कार भन्दा उज्यालो कलरका कार यसकारण पनि बढी सुरक्षित हुने अटो एसेसरिज ग्यारेजका कन्टेन्ट म्यानेजर ज्याक म्याकेन्जी भन्छन् । अन्य ड्राइभरले समेत छिटो देख्ने भएकाले समयमै ब्रेक लगाउछन् र सुरक्षित हुन सहयोग गर्ने उनको भनाइ छ । यसले गर्दा चोरीबाट बचाउन समेत सहयोग पुग्ने उनको भनाइ छ ।
यद्यपि कारको कलरले सुरक्षामा त्यस्तो धेरै फरक पार्ने भने होइन । १२ प्रतिशत भने पनि यसमा कलर वाहेक अन्य धेरै कुराले पनि दुर्घटनामा असर पारेको हुन्छ । आफू र अर्को कारमा भएको ड्राइभरको गुणस्तर, भिजिबिलिटी, मौसम आदिले पनि यसमा असर पार्छ ।
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सुरक्षित ड्राइभिङ हो । कारको कलरले धेरै फरक पार्दैन भन्ने कुरामा सचेत हुनु आवश्यक छ ।
Sources:
काठमाडौं – वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित...
चितवनका अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पियाको निधन भएको छ । चितवनका...
काठमाडौं – स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदीप इन्टरनेसनल प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...