ह्वाइट र सिल्भर कलरको कार बढी सुरक्षित, यस्तो छ अध्ययनको निष्कर्ष

कार किन्दा ध्यान दिनु पर्ने धेरै कुराहरु छन् । विशेष गरी कारको ब्रान्ड पश्चात इन्टेरियर, एक्सटेरियर, इन्जिन र यसको सेफ्टी टेक्नोलोजीको वारेमा पनि धेरैले ध्यान दिन्छन् ।

यी सबैभन्दा पनि अझै महत्वपूर्ण र रोचक पक्ष भने कारको कलर अर्थात रङ हो । कुन कलरको कार किन्ने भन्ने धेरैको दिमागमा आउछ । धेरैलाई थाहा नहुन सक्छ, कारको कलरले पनि भविष्यमा कार दुर्घटना हुने वा नहुनेमा धेरै भूमिका खेलेको हुन्छ । धेरै अनुसन्धानले यस्तो देखाएको छ ।

केली ब्लु बुक अनुसार सबैभन्दा लोकप्रिय कार कलर सिल्भर हो भने ह्वाइट कलर दोस्रोमा आउछ । तर सुरक्षाको सन्दर्भमा भने सिल्भर भन्दा ह्वाइट नै राम्रो मानिन्छ । मोनास युनिभर्सिटीको एक्सिडेन्ट रिसर्च सेन्टरले गरेको अध्ययनको आधारमा यो निष्कर्ष निकालिएको हो ।

अध्ययन अनुसार ब्ल्याक कलरको कारको तुलनामा ह्वाइट कलरको कार दुर्घटना हुने सम्भावना १२ प्रतिशत कम हुन्छ । क्रिम, एल्लो र बेइज कलरका कार ह्वाइट कलर पछिका सुरक्षित कलर मानिन्छन् । यद्यपि कुनै अध्ययनमा भने ह्वाइट भन्दा पनि एल्लो कलर बढी सुरक्षित भएको पनि पाइएको छ ।

ब्ल्याक वाहेक ह्वाइट भन्दा खतरनाक मानिएका अन्य कार कलरहरुमा ग्रे, सिल्भर, ब्लु र रेड हुन् । ह्वाइट भन्दा ग्रे ११ प्रतिशत, सिल्भर १० प्रतिशत, ब्लु ७ प्रतिशत र रेड पनि ७ प्रतिशत बढी खतरनाक हुन्छन् ।

कलरको आधारमा हेर्दा उज्यालो कलरको कार बढी सुरक्षित भएको पाइन्छ । यसको अर्थ यी कार बढी भिजिबल हुन्छन् । डार्क कलरका कार भन्दा उज्यालो कलरका कार यसकारण पनि बढी सुरक्षित हुने अटो एसेसरिज ग्यारेजका कन्टेन्ट म्यानेजर ज्याक म्याकेन्जी भन्छन् । अन्य ड्राइभरले समेत छिटो देख्ने भएकाले समयमै ब्रेक लगाउछन् र सुरक्षित हुन सहयोग गर्ने उनको भनाइ छ । यसले गर्दा चोरीबाट बचाउन समेत सहयोग पुग्ने उनको भनाइ छ ।

यद्यपि कारको कलरले सुरक्षामा त्यस्तो धेरै फरक पार्ने भने होइन । १२ प्रतिशत भने पनि यसमा कलर वाहेक अन्य धेरै कुराले पनि दुर्घटनामा असर पारेको हुन्छ । आफू र अर्को कारमा भएको ड्राइभरको गुणस्तर, भिजिबिलिटी, मौसम आदिले पनि यसमा असर पार्छ ।

सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सुरक्षित ड्राइभिङ हो । कारको कलरले धेरै फरक पार्दैन भन्ने कुरामा सचेत हुनु आवश्यक छ ।

Sources:

सम्बन्धित समाचारहरू

किन र कसरी हुन्छ सीमा क्षेत्रमा स्पेयर पार्ट्सको तस्करी ?

किन र कसरी हुन्छ सीमा क्षेत्रमा स्पेयर पार्ट्सको तस्करी ?

खुल्ला सीमा नाकाका कारण नेपाल र भारतबीच हुने अबैध कारोबारले बेलाबखत ठूलै...

सतुंगलमा खुल्यो आईसर गाडीको पहिलो ईजिपी सेन्टर

सतुंगलमा खुल्यो आईसर गाडीको पहिलो ईजिपी सेन्टर

काठमाडौं–आइसर कमर्सियल गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु...

स्पेयर पार्ट्स कारोबारमा डिएस मोटर : एक दशक लामो यात्रा

स्पेयर पार्ट्स कारोबारमा डिएस मोटर : एक दशक लामो यात्रा

काठमाडौं– सवारीसाधनको खपत बढेसंगै नेपाली बजारमा पछिल्लो समय विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...