गर्मी सकिदै छ, ड्राइभिङ अनुभव राम्रो बनाउन यसो गर्नुस्

लगभग मनसुन सुरु भैसकेको छ र गर्मीयाम सकिन लागेको छ । मनसुनमा यात्रा गर्दा निकै कठिनाइको सामना गर्नुपर्ने हुन्छ । साथै मनसुनको प्रभाव कारमा पनि परेको हुन्छ । यस्तो अवस्थामा कारको पनि विशेष ध्यान राख्नु आवश्यक हुन्छ ।

टायर
धेरैले कारको टायरमा ध्यान दिएका हुँदैनन् । अत्यधिक तातोका कारण टायरको प्रेसर पनि परिवर्तन हुनुका साथै टायरमा केही क्षति भएको हुन्छ, जसलाई कायम राख्न धेरै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा मनसुनमा बाहिर निस्कनुअघि टायरको पे्रसर र टायरमा हुने ग्रिप राम्ररी जाँच गर्नुपर्छ ।

वाइपर र वासर
गर्मीमा यसको प्रयोग कम हुन्छ तर वर्षायाममा यसको काम बढी हुन्छ । गर्मीमा प्रत्यक्ष घामको कारण वाइपर ब्लेड कडा हुन सक्छ । यस्तो अवस्थामा मनसुनमा वाइपरको प्रयोगमा समस्या हुन सक्छ । मनसुनमा यात्रामा जानुअघि वाइपरले ठीकसँग काम गरिरहेको छ कि छैन जाँच गर्नुपर्छ ।

एसी
गर्मीमा एसी सबैभन्दा बढी प्रयोग गरिन्छ । यस्तो अवस्थामा मनसुन अघि एक पटक चेक गराउनुपर्छ र यससँगै मनसुनमा प्रयोग हुने हिटर र डिफगर पनि जाँच गर्नुपर्छ ताकि पछि कुनै समस्या नहोस् ।

ब्रेक
गर्मी मौसम होस् वा मनसुन कारको ब्रेकले सधैं राम्रोसँग काम गर्नुपर्छ । तर मनसुनमा कम ट्रयाक्सन हुने भएकाले ब्रेकमा थप ध्यान दिनुपर्छ । आवश्यक भएमा प्रयोग गरिएको ब्रेक प्याड पनि परिवर्तन गर्नुपर्छ ।

बच्चालाई लिएर सावधान
कहिलेकाहीं अभिभावकले आफ्ना छोराछोरीलाई कारको पछाडिको सिटमा राखी कार लक गर्छन् र किनमेलमा व्यस्त हुन्छन् । गर्मी होस् या मुनसुन यो खतरनाक हुन सक्छ । गर्मीको मौसममा बालबालिकालाई बन्द कारमा कहिल्यै छोड्नु हुँदैन, किनकि अत्यधिक घामका कारण कारको तापक्रम घट्न सक्छ, जसका कारण बालबालिकालाई सास फेर्न गाह्रो हुन सक्छ ।

आपतकालीन किट
प्रत्येक मौसममा आफ्नो कारमा आपतकालीन किट राख्नुपर्छ । जस्तैः आफ्नो औषधि, पानीको बोतल र प्राथमिक उपचार चिकित्सा सामग्री हल्का सुती कपडा आदि । यी सबै सामानहरू मनसुनमा लामो यात्राको समयमा काममा आउन सक्छ ।

गर्मी मौसम पछि, एक पटक आफ्नो कार राम्ररी जाँच गर्नुहोस् किनभने वर्षामा धेरै सावधानीपूर्वक ड्राइभ गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचारहरू

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं–इनड्राइभले नेपालका आफ्ना ड्राइभर पार्टनर्सका लागि अत्यन्त...

मर्सिडिज बेन्जले इक्यूई सेडान र एसयूभीको उत्पादन बन्द गर्ने

मर्सिडिज बेन्जले इक्यूई सेडान र एसयूभीको उत्पादन बन्द गर्ने

जर्मन कार निर्माता मर्सिडिज बेन्जले २०२६ मा इक्यूई सेडान र एसयूभीको...

गाडी सुरक्षाको प्रमुख आवश्यकता बन्दै ‘ड्यासक्याम’

गाडी सुरक्षाको प्रमुख आवश्यकता बन्दै ‘ड्यासक्याम’

भीडभाडयुक्त र ट्राफिकले भरिएको सडकमा गाडी चलाउनु अहिले चुनौतीपूर्ण बन्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...