दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलको तिहार अफर : ड्राइभिङ सिक्दा २० प्रतिशत छुट

काठमाडौं – ड्राइभिङ सिक्न चाहनेहरका लागि दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले तिहार अफर ल्याएको छ । यसरी सवारी साधन चलाउन सिक्ने ग्राहकलाई २० प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले गरेको छ । 

दादा ड्राइभिङ स्कुलमा उपत्यका भित्रका लगायत देशैभरी छरिएर खुलेका विभिन्न ३५ वटा ड्राइभिङ सेन्टरहरु आवद्ध रहेका छन् ।

उक्त सुविधा लिन चाहने ग्राहकले सो स्कुलमार्फत आफूलाई पायक पर्ने स्थानको छनोट गरी मोटरसाइकल, कार, टेम्पाे, ट्रक देखि हेभी इक्विपमेन्टसम्म चलाउन सिक्न पाउने छन् । यसमा जोडिएका ड्राइभिङ सेन्टरले गाडी चलाउन सिकाउनुको साथै विभिन्न सुरक्षा अवलम्बन गर्नु पर्ने विषयमा विद्यार्थीलाई विशेष कक्षा लिने व्यवस्था गरेको छ ।

दादा ड्राइभिङ स्कुलमा मोटरसाइकल सिक्न ३ हजारदेखि १० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ भने कार सिक्न एक महिने कोर्षको लागि १५ हजारदेखि २५ हजारसम्म तिर्नु पर्ने हुन्छ ।

आफूहरुले गाडी चलाउन मात्र सिकाउँने नभई उनीहरुलाई सुरक्षित गाडी कसरी चलाउने भन्ने विषयमा समेत विशेष ज्ञान दिने दादा ड्राइभिङ स्कुलका संस्थापक सन्तोष न्यौपानेले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...